११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोना केन्द्र बन्दै दैलेख, ८७ सङ्क्रमित गाउँमै

दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासी बढेपछि कर्णालीकै कोरोना केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन्।

हिरासतमा रहेकालाई कोरोना देखिएपछि त्रास

आइतवार कोरोना संक्रमण पुष्टि भएका गोरखाका १० जना माध्ये एक जना प्रहरी हिरासतमा छन्। ९ जना क्वारेन्टिनमा बसेकालाई कोरोना देखिएको हो भने जवरजस्ती करणी उद्योगमा पक्राउ परेका पालुङटारका १७ वर्षिय युवकलाई हिरासत भित्र रहँदा कोरोना भेटिएपछि त्रास बढेको छ।

कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग

बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ। बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो।

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय १३ पुग्यो

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना गरी थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

मृत्युपछि मात्रै कोरोना पुष्टि किन ?

अनि मृत्युको कारण कोरोना मात्रै हो वा अन्य रोग र समस्या पनि ? यस विषयमा गहन अध्ययन/अनुसन्धान गरी आगामी योजना बनाउन आवश्यक छैन र ?

प्रहरी हिरासतमा रहेकासहित गोरखाका १० जनामा कोरोना संक्रमण

जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका १७ वर्षिय एक युवकसहित पहिलो पटक गोरखामा १० जनामा कोरोना संक्रमण देखिएको छ।

ट्राभल हिस्ट्रीबिनै कोरोना संक्रमण

ट्राभल हिस्ट्री नै नभएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि भित्रभित्रै संक्रमण फैलिएको त छैन भन्ने आशंकाले पोखरेली तर्सिएका छन्।

गाँउमुखी अर्थनीति आवश्यक : पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछि भोकमारी र बेरोजगारीबाट जोगाउन गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताएका छन् । शनिबार आयाजित एक कार्यक्रममा नेता पौडेलले गाँउमुखी अर्थनीतिलाई अगाडि ल्याएर कोरोनाको संक्रमणमा गाँउ फर्केका नागरिकलाई गाँउमै रोजगारी र गाँउमै आम्दानीको व्यवस्था गर्न आवश्यक रहेको बताएका हुन् ।

कोरोनामा १० अर्ब खर्च, स्वास्थ्य पूर्वाधारमा छैन ध्यान

देशभर दुई हजार दुई सय पाँच जेनेरल शड्ढया एक हजार ६ सय १४ कोभिड आइसोलेसन शड्ढया, तीन सय ९६ आइसियू र एक सय २६ भेन्टिलेटर, तीन सय ८५ क्रिटिकल केयर र तालिमप्राप्त जनशक्ति रहेको छ ।

शनिबार ३२ जनाले कोरोनालाई जितेर फर्के

कोभिड-१९ लाई अहिलेसम्म ३ सय ६५ जनाले जितेका छन् । संक्रमित बढेसँगै दैनिक कोभिड– १९ बाट निको भएर घर फर्कनेका संख्या पनि वृद्धि हुँदै गएको छ। अहिलेसम्म ७० जिल्लामा तीन हजार २३५ संक्रमित पृष्टि भएका छन् । आजै मात्र ३२ जनाले जितेर घर गएका छन्।

कर्णालीमा थप ९८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८७

आज थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआरबाट ४४ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

बैतडीको क्वारेन्टिनमा युवकको मृत्यु

बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका पाटन नगरपालिका–६, सन्तोलीका ३१ वर्षिय एक युवकको मृत्यु भएको छ। शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका ति व्यक्ति क्वारेन्टिनमा बसेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट प्रेमसागर भट्टले बताए।

डिस्चार्ज भएका दम्पती भन्छन् : उच्च मनोबलले कोरोनालाई जितेर फर्कियौं

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट शनिबार नर्स, पत्रकार र प्रहरीसहित चार जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

सिरहामा २ जना संक्रमित थपिए, ४९ पुग्यो संख्या

शनिबार साँझ सिरहाको भगवानपुर गाउँपालिकाको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बालासुन्दरी माध्यमिक विद्यालय क्वारेन्टिनमा रहेका १७ वर्षीय दुई जना युवामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताए ।

अव्यवस्थित क्वारेन्टिनले फैलियो संक्रमण

बर्दियामा थप २८ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४१ पुगेको छ । यसअघि १३ जना कोरोना संक्रमित थिए । अहिले सम्म १ हजार ५ सय २९ को स्वाबको नमुना परीक्षण भएको छ भने २९ जनाको नतिजा आउन बाँकी छ । कुनै लक्षण देखिएको छैन । क्वारेन्टिनमा संक्रमण फैलिएपछि अवस्था भयाबह बन्दै गएको छ । भारत र अन्य जिल्लाबाट आएर क्वारेन्टिनमा बसेकाहरूको स्वाब परीक्षण गर्दा संक्रमित संख्या ह्वात्तै बढेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्