११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाकिस्तानमा कोरोना भाइरसका संक्रमितहरु बढिरहेको भएपनि सोमबारबाट लकडाउन खुल्ने

इस्लामावाद पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ।

उदयपुरका क्वारेन्टिन फेरि भरिदै

एकसाताका खाली भईसकेका उदयपुरका क्वारेन्टिन फेरि भरिभराउ हुन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा बिभिन्न ठाउँबाट आएकाहरुलाई राख्दा जिल्लाका सबै क्वारेन्टिहरु वैशाख अन्तिमसम्म भरिभराउ भए पनि जेठ सुरुदेखि रित्तिदै गएका थिए ।

कोरोना भाइरस संक्रमणमा भारत इटली भन्दा अगाडी, दिनमा झण्डै दश हजार संक्रमित

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणमा भारतले इटलीलाई पनि जितेको छ।

जसले हजार माइल यात्रा गरे, घर अगाडि ज्यान गुमाए

पञ्चपुरी–¬१, का २० वर्षीय युवक भारतमा रोजगारी गुमेपछि जेठको पहिलो साता स्वदेश फर्किए। हजार माइल यात्रा गरेर आएका उनी कोरोनाको जोखिम न्यूनीकरण गर्न गाउँमै बनाएको क्वारेन्टिनमा बसे। १५ दिन क्वारेन्टिनको बसाइँ पछि आरडीटी रिपोर्ट नेगेटिभ आउँदा खुसी साथ घर फर्किए। सुखी साथ परिवारसँग सँगै बस्ने उनको यात्रा घर नजिकै सकियो। मृत्युपछि कोरोना परीक्षण गर्दा उनीमा पोजेटिभ पुष्टि भयो।

बझाङमा कोरोना पोजेटिभ संख्या आठ पुग्यो

बिश्वमा महामारीको रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) संक्रमितको संख्या बझाङमा आठ पुगेको छ भने अझै पोजेटिभको संख्या बढ्ने सम्भावना देखिएको छ ।

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१ हजार ७१७ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

कोरोनाको राजधानी बन्दै कपिलवस्तु, एक महिनामै ५ सय २३ संक्रमित

कोरोनाको राजधानी बनेको कपिलस्तुमा एक महिना मै संक्रमितको संख्या ५ सय नाघेको छ । बिहीबार दिउँसोसम्म अएको तीन पटकको नतिजा अनुसार जिल्लामा ४८ जना संक्रमित पुष्टी भएसंगै कोरोना संक्रमितको संख्या ५ सय २३ पुगको हो । गत बैशाख २५ गते मायादेबी गाउँपालिकामा पहिलो पटक २ जनामा संक्रमण देखिएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृत्यु हुनेमा एक जना डोल्पा जगदुल्लाका ५८ वर्षिया पुरुष हुन भने अर्की धनगढीकी ५५ वर्षिया महिला हुन्। यो सँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ७७ पुग्याे

प्रदेश २ म कोरोना संक्रमितको संख्या १०६६ पुगेको छ । शनिबार दिउँसो थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ७७ पुगेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए ।

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार २ सय ३५

थप ३२३ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित मध्ये २८६ जना पुरुष र ३७ जना महिला छन्।

कोरोनाका कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १२ पुग्यो

कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। डोल्पाका जगदुल्लाका एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएको हो। जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षिय पुरुषले सुर्खेतमा दमको उपचार गराएर घर फर्केका थिए।

गगन थापाको प्रश्न : बजेट निर्माणमा संसदको भूमिका के ?

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पञ्चायत कालमा बजेट निर्माण भएजसरी बहुदलीय कालमा भएको र त्यसैको निरन्तरता गणतन्त्रमा पनि रहेको बताएका छन्। संसदमा बोल्दै उनले बजेट निर्माणमा संसदको, विधायकको विचार र धारणाको विषयमा कहिले पनि छलफल नभएको बताए।

‘ट्राभल हिस्ट्रि’ छैन, तर कोरोना छ

अन्य प्रदेशमा कोरोना भाईरसको संक्रमण तीव्र रुपमा फैलिँदै गर्दा गण्डकी प्रदेशको संक्रमण गति भने निकै नै सुस्त थियो । त्यसमा पनि प्रदेश राजधानी कास्कीको पोखरामा त झनै शुन्य नै थियो ।

मृत्युको कारण नै थाहा पाएनन् कोरोना संक्रमितले

आफूलाई कोरोनाको संक्रमण भएको थाहा नै नपाइ दैलेख दुल्लु नगरपालिका–११, का ३५ वर्षीय पुरुषले पनि ज्यान गुमाए ।

अर्घाखाँचीमा पाँचौ व्यक्ति संक्रमित

अर्घाखाँचीमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । छत्रदेव गाउँपालिका वडा नम्बर–५ का एक जनामा कोरोना पुष्टी भएसंगै अर्घाखाँचीमा संक्रमितको संख्या ५ पुगेको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा जिल्लाको छत्रदेव–५, छत्रगंजका ४९ वर्षिय पुरुषमा कोरोना पोजेटिभ पुष्टी भएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्