८ वैशाख २०८१ शनिबार
राजनीति

कोरोनामा १० अर्ब खर्च, स्वास्थ्य पूर्वाधारमा छैन ध्यान

सरकारले कोरोना भाइरस प्रयोजनका लागि १० अर्ब खर्च गरेको भने पनि स्वास्थ्य पूर्वधार निर्माणमा ध्यान दिन असफल बनेको छ । प्रदेशै पिच्छे कोभिड अस्पताल सञ्चालन गर्ने र केही अस्पतालमा शड्ढया र केही भेन्टिलेटर थप्नेबाहेक सरकारले भौतिक संरचना थप गर्न सकेको छैन ।  

कोरोना भाइरसका कारण मानव जीवनमा आउनसक्ने संकटलाई ध्यानमा राखेर सरकारले अस्पतालका शड्ढयाहरू, आइसियूका साथै व्यक्तिको जीवन रक्षा गर्नका लागि आवश्यक भेन्टिलेटर खरिदमा सरकारको ध्यान पुगेको छैन । संक्रमण फैलिँदै जाँदा आवश्यक पर्ने जनशक्ति अभाव हुन नदिन त्यसको पदपूर्तिमा पनि सरकारले चासो दिएको छैन । सरकारले भाइरस परीक्षणका लागि प्रयोगशाला विस्तार गरेको दाबी गरे पनि पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले पाँचवटा मात्र मेसिन थप भएको दाबी गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर दुई हजार दुई सय पाँच जेनेरल शड्ढया एक हजार ६ सय १४ कोभिड आइसोलेसन शड्ढया, तीन सय ९६ आइसियू र एक सय २६ भेन्टिलेटर, तीन सय ८५ क्रिटिकल केयर र तालिमप्राप्त जनशक्ति रहेको छ । एम्बुलेसन्को संख्या एक सय २७ वटा रहेको मन्त्रालयले जनाएको छ । यो संख्या जिल्ला अस्पताल, प्रादेशिक अस्पताल, अस्थायी कोभिड अस्पताल, केन्द्रीय अस्पताल र मेडिकल कलेज शिक्षण अस्पतालहरूसमेतको हो ।  

प्रदेश १ को संखुवासभा र इलाम अस्पतालमा एक–एक भेन्टिलेटर रहेको र ओखलढुंगा अस्पतालमा ६वटा आइसियू रहेको छ । त्यो सरकारले कोरोना प्रयोजनका लागि थपेको पूर्वाधार नभई पुरानै पूर्वाधार होे । भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, सोलुखुम्बु, खोटाङ, उदयपुर र सुनसरी जिल्ला अस्पतालमा आइसियू र भेन्टिलेटरको संख्या शून्य रहेको छ । जनरल शड्ढयाको संख्या भने एक हजार पाँच सय ५१ रहेको छ ।  

प्रदेश १ को लेभल–वान अस्पतालमा अस्थायी कोभिड अस्पताल (कोसी अस्पताल) विराटनगरलाई तोकिएको छ ।  

प्रदेश १ मा कोरोना संक्रमित अधिकतर बिरामीको आइसोलेसनमा राखेर उपचार भइरहेको उक्त अस्पतालमा १० शड्ढया आइसियू तथा १०वटा भेन्टिलेटर रहेको छ । त्यस्तै लेभल टु अस्पतालमा रहेको कोसी अस्पतालमा ६वटा आइसियू र दुईवटा भेन्टिलेटर रहेको छ । लेभल थ्री भनेर तोकिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा ७२ शड्ढया आइसियू र १९वटा भेन्टिलेटर रहेको छ ।  

प्रदेश १ को कोभिड अस्थायी अस्पताल विराटनगरमा रहेको १०वटा आइसियू र १०वटा भेन्टिलेटर नयाँ थप भएको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले ती शड्ढयाहरू पनि अनुदानमा प्राप्त भएको बताए । प्रदेश एकले १८ जना मेडिकल अधिकृत र तीन जना स्टाफ नर्स नयाँ भर्ना गरेको मेहताले जनाए ।

प्रदेश २ मा एक हजार ६ सय जनरल शड्ढया, एक सय ४० कोभिड आइसोलेसन शड्ढया, ३६वटा आइसियू र १३वटा भेन्टिलेटर रहेको छ । क्रिटिकल केयर र तालिमप्राप्त जनसंख्या भने २७ जनामात्र रहेको पाइएको छ । प्रदेश २ को जिल्ला अस्पताल आइसियू र भेन्टिलेटरविहीन छन् । सिराहा जलेश्वर, सर्लाही, कलैया, रौतहट जिल्ला अस्पतालमा जेनेरल शड्ढयामात्र रहेको छ । प्रदेश २ को कोभिड लेभल वान अस्पतालको रूपमा छुट्याइएको जानकी मेडिकल कलेजमा १० शड्ढया आइसियू र पाँचवटा भेन्टिलेटर छ । जनकपुर अस्पतालमा आइसियू १० शड्ढया र तीनवटा भेन्टिलेटर रहेको छ । नारायणी अस्पताल वीरगन्जमा ६ शड्ढया आइसियू र दुईवटा भेन्टिलेटर छ ।  

वाग्मती प्रदेशका अस्पतालहरूमा दुई हजार आठ सय ३९ साधारण शड्ढया, चार सय ७२ आइसोलेसन, एक सय ४५ आइसियू र ४७ भेन्टिलेटर तथा एक सय ६६ क्रिटिकल केयर र तालिमप्राप्त जनशक्ति रहेको छ । वाग्मती प्रदेशको सिन्धुपाल्चोक, दोलखा, काभ्रे, रामेछाप, सिन्धुली, धादिङ, भक्तपुर, त्रिशुली र रसुवा जिल्ला अस्पताल आइसियू र भेन्टिलेटरविहीन छन् । त्यस्तै हेटौंडा प्रादेशिक अस्पतालमा चारवटा आइसियू र दुई भेन्टिलेटर छ ।  

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका २१ शड्ढया आइसियू र १५ वटा भेन्टिलेटर रहेको छ । सशस्त्र प्रहरीको अस्पतालमा २० आइसियू शड्ढया र दुईवटा भेन्टिलेटर रहेको छ । त्यसैगरी भरतपुर अस्पतालमा ३० आइसियू र दुईवटा भेन्टिलेटर रहेको छ । लेभल थ्री अस्पतालको रूपमा तोकिएको त्रिवि शिक्षण अस्पतालमा ५२ वटा आइसियू र २० वटा भेन्टिलेटर रहेको छ । नयाँ थपिएकोमा कोरोना अस्थायी अस्पताल भरतपुर १० आइसियू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २० शड्ढया आइसियू र सातवटा भेन्टिलेटर छ ।

गण्डकी प्रदेशको ६ सय ४२ जेनेरल शड्ढया एक सय १९ आइसोलेसन, १७ आइसियू, २१ भेन्टिलेटर र क्रिटिकल केयर र तालिमप्राप्त जनशक्ति नौ जना छन् । बाग्लुङ अस्पतालमा तीनवटा र नवलपुर अस्पतालमा एउटा भेन्टिलेटर छ । लम्जुङ, मनाङ, म्याग्दी, मुस्ताङ, पर्वत, स्याङजा र तनहु आइसियू र भेन्टिलेटरविहीन जिल्ला अस्पताल हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वटा आइसियू र १० वटा भेन्टिलेटर रहेको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका चिकित्सा महाखाशा प्रमुख डाक्टर रामबहादुर केसीले धौलागिरी अस्पतालमा तीन शड्ढयाको नयाँ आइसियू थप गरिएको बताए । गण्डकी प्रदेशले तीन जना नयाँ स्टाप नर्स भर्ना गरेको उनको भनाइ छ ।  

प्रदेश ५ का अस्पतालहरूमा एक हजार चार सय १४ जेनेरल शड्ढया, दुई सय ६१ आइसोलेसन, ६९ आइसियू र २६ भेन्टिलेटर तथा ८९ क्रिटिकल केयर र तालिमप्राप्त जनशक्ति रहेको छ । कपिलवस्तु, नवलपरासी अर्घाखाची, गुल्मी, पाल्पा, प्युठान, बर्दिया, रोल्पा र रुकुम जिल्ला अस्पताल र दाङ प्रादेशिक अस्पताल आइसियू र भेन्टिलेटरविहीन छ । कोरोना अस्थायी अस्पताल (लुम्बिनी) मा १० आइसियू र आठ वटा भेन्टिलेटर रहेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शड्ढया आइसियू र चारवटा भेन्टिलेटर रहेको छ । 

राप्ती प्रादेशिक अस्पतालमा बेलझुन्डीमा पाँचवटा आइसियू र तीनवटा भन्टिलेटर छ । भीम अस्पतालमा पाँचवटा आइसियू र दुईवटा भेन्टिलेटर रहेको छ । लुम्बिनी अस्पतालमा आइसियू चारवटा र भेन्टिलेटर दुईवटा रहेको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख उमाशंकर चौधरीले प्रदेश सरकारले भीम अस्पतालमा, प्रादेशिक अस्पतालमा रहेका सबै आइसियू र भेन्टिलेटर नयाँ भएको बताए । बाँकेको क्यान्सर अस्पतालमा चारवटा नयाँ आइसियू राखिएको उनले बताए । प्रदेश पाँचले स्वास्थ्यमा नयाँ जनशक्ति भने नथपेको उनको भनाइ छ ।  

कर्णाली प्रदेशको प्रदेश ५ का अस्पतालहरूमा चार सय २५ जेनेरल शड्ढया, दुई सय १० आइसोलेसन, १४ आइसियू र नौ भेन्टिलेटर तथा १८ क्रिटिकल केयर र तालिमप्राप्त जनशक्ति रहेको छ । दैलेख, हुम्ला, जाजरकोट, रुकुम, मुगु, डोल्पा, कालिकोट र सल्यान जिल्ला अस्पताल आइसियू र भेन्टिलेटरविहीन अवस्थामा छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शड्ढया आइसियू र पाँचवटा भेन्टिलेटर रहेको छ । 

त्यस्तै कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा चार शड्ढया आइसियू र चारवटा भेन्टिलेटर रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतमा चार शड्ढया आइसियू र चारवटा भेन्टिलेटर थप गरिएको बताए । स्टाफ नर्स र हेल्थ असिस्टेन्ट गरी ५८ जना नयाँ जनशक्ति भर्ना गरेको उनको भनाइ छ । सुर्खेत प्रादेशिक अस्पतालमा आइसियू २५ शड्ढया र बेन्डिलेटर १० शड्ढया पु¥याउने गरी प्रक्रिया अघि बढेको छ ।  

सुदूरपश्चिम प्रदेशमा सात सय ४४ जेनेरल शड्ढया, एक सय ३९ आइसोलेसन, १५ आइसियू र नौवटा भेन्टिलेटर तथा २६ क्रिटिकल केयर र तालिमप्राप्त जनशक्ति रहेको छ । अछाम बैतडी, बझाङ, बाजुरा, डडेलधुरा, दार्चुला र डोटी जिल्ला अस्पताल आइसियू र भेन्टिलेटरविहीन अवस्थामा छन् । टीकापुर अस्पतालमा पाँच शड्ढया आइसियू छ । सेती प्रादेशिक अस्पतालमा १० शड्ढया आइसियू र ६ वटा भेन्टिलेटर रहेको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेश सरकारले धनगढीमा ५० शड्ढयाको कोरोना अस्पताल सञ्चालनमा ल्याएको बताए । नयाँ आइसियू र भेन्टिलेटर थप नगरेको बताउँदै उनले नयाँ जनशक्ति पनि भर्ना नगरेको स्पष्ट पारे ।  

प्रकाशित: २५ जेष्ठ २०७७ ००:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App