९ आश्विन २०८१ बुधबार
image/svg+xml

वीपीमा मोरङका ४० बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा फेरि मोरङका एक कोरोना संक्रमित पुरुषको निधन भएको छ। मोरङको धनपालथान ६ का ४० बर्षीय पुरुषको हिजो (आइतबार) राती ८ बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ।

विराटनगरकी कोरोना संक्रमित एक महिलाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट विराटनगरकी एक महिलाको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको छ। विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर–१९ मिलन चोककी ४० वर्षीया महिलाको मृत्यु भएको डाक्टर लक्ष्मीनारायण यादवले बताए।

पाँचथरमा ६ जना कोरोना संक्रमित थपिए

पाँचथर जिल्लामा थप ६ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ। पछिल्लो पिसिआर रिर्पोट अनुसार ४ जना नेपाल प्रहरी, एक जना हालै भारतबाट ल्याइएका मजदुर र एक जना प्रहरी कार्यालयमा मुद्धाका लागि आएका इलामका व्याक्ति भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिए।

कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ। सोमबार बिहान पनि एक जना संक्रमितको मृत्यु भएको छ। विटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

वीपीमा विराटनगरकी कोरोना संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा विराटनगरका एक कोरोना संक्रमित महिलाको निधन भएको छ। विराटनगर ११ की ४३ बर्षीया महिलाको हिजो शुक्रबार साँझ साढे ६ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ।

बुटवलमा कोरोना संक्रमित एक महिलाको निधन

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा एक जना कोरोना संक्रमित महिलाको निधन भएको छ। रुपन्देहीको सैनामैना नगरपालिका ११ की ७७ वर्षीया महिलालाई स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ अस्पताल लगिएको थियो।

त्रिवि शिक्षण अस्पतालमा २० वर्षीया युवतीसहित दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मंगलबार साँझ २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

संक्रमित खुल्न डराउँदा नियन्त्रणमा समस्या

समाजले नराम्रो दृष्टिले हेर्ने भएकाले एकातिर संक्रमित आफूसँग सम्पर्कमा आएका व्यक्तिबारे खुल्न चाहँदैनन् भने अर्कोतिर कन्ट्याक्ट टे«सिङमा परेका व्यक्ति जथाभावी हिँडडुल गर्दा संक्रमण न्यूनीकरणमा समस्या परेको छ ।

कोरोना संक्रमितको शल्यक्रिया कोहलपुरपछि बुटवलमा शुरु

दुई साताअघि बुटवलकी कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गर्नुप¥यो। पहिलो बच्चा शल्यक्रिया गरि जन्माएकाले दोस्रो बच्चाका लागि पनि शल्यक्रिया अनिवार्य थियो। तर, बुटवलस्थित प्रादेशिक अस्पतालमा भने कोरोना संक्रमितको शल्यक्रिया गर्न सकेन।

सप्तरीमा कोरोना संक्रमित एक महिलाको निधन

कोरोना संक्रमणबाट राजविराज नगरपालिका –२ कि ६० वर्षीया महिलाको मृत्यु भएको छ ज्वरो, श्वासप्रश्वासमा समस्या भएर शुक्रबार उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना भएकी महिलाको गएराति मृत्यु भएको हो।

मोरङमा कोरोना संक्रमितको शव अलपत्र

विराटनगरस्थित न्यूरो अस्पतालमा चार दिन अघि कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएपछि शव अलपत्र परेको थियो। जिल्ला प्रशासन कार्यालय मोरङले शव व्यवस्थापनका लागि शनिबार महोत्तरी पठाएको छ।

प्रदेश १ मा १ सय १२ संक्रमित थपिए

शनिबार कोरोना भाइरसका १ सय १२ जना संक्रमित प्रदेश १ मा थपिँदा ९ जना डिस्चार्ज भएका छन्। मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

वीपी प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा थप एक कोरोना संक्रमितको निधन भएको छ । प्रदेश २ सिरहा जिल्लाको भदैया ६ का ८४ बर्षीय वृद्धको निधन भएको प्रतिष्ठानले जनाएको छ ।

गोरखाकी कोरोना संक्रमित महिलाले दुई छोरा जन्माईन, अवस्था सामान्य

गोरखा नगरपालिका १० छेवेटारकी कोरोना संक्रमित ३७ वर्षीया महिलाले जुम्ल्याहा छोरा जन्माएकि छिन् । चितवनस्थित भरतपुर अस्पतालमा उपचार गराउन गएकी महिलामा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्