९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा थप एक कोरोना संक्रमितको निधन भएको छ । प्रदेश २ सिरहा जिल्लाको भदैया ६ का ८४ बर्षीय वृद्धको निधन भएको प्रतिष्ठानले जनाएको छ ।

प्रवक्ता डा.निदेश सापकोटाका अनुसार उनको गए राति ११ बजेर २० मिनेटमा निधन भएको हो । उनी भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका थिए । इर्मजेन्सीमा आएका उनलाई मेडिसिन वार्डमा सिफ्ट गरेर उपचार गरिएको थियो । भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएपछि मृतकलाई कोभिड १९ मा लगिएको प्रतिष्ठानले जनाएको छ ।

मृतकलाई मृगौलाको समस्या भएको र डाइलाइसिस पनि गरिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।उनलाई अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि परिवारले वीपी प्रतिष्ठान ल्याएका थिए । मृतकको शव नियम अनुसार व्यवस्थापनको तयारी गरिएको छ । प्रतिष्ठानमा हालसम्म उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको कुल संख्या १६ पुगेको पनि प्रतिष्ठानले जनाएको छ ।  

नेपाली सेनासहित ६ जनामा संक्रमण

धरानमा पछिल्लो २४ घण्टामा ३ जना नेपाली सेनासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ३ जना सैनिक धरान १७ स्थित एन्फा क्वारेन्टिनको सुरक्षामा खटिएका सेना हुन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार क्वारेन्टिनमा खटिएका २६ बर्ष, २५ बर्ष र २७ बर्षका सैनिकहरुमा संक्रमण पुष्टि भएको हो ।

यसैगरि, धरान १७ की एक जना ३९ बर्षीय महिलाको पिसिआर रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ । अन्य २ जना भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रका हुन् । एक जना मेडिसिन युनिट ३ मा कार्यत हेल्ड एडकी १० बर्षीय भाञ्जि भएको मेहताले जानकारी दिए । अर्का एक जना संक्रमित १७ बर्षीय किसोर छन् । उनी पनि प्रतिष्ठानको टि.बि.ल्याबमा कार्यरत कर्मचारीको छोरा भएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए । अहिलेसम्म धरान १४० जनाको पिसिआर रिपोर्ट पोजेटिभ भएको उनको भनाई छ ।  

प्रकाशित: १३ भाद्र २०७७ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App