८ वैशाख २०८१ शनिबार
समाज

बुटवलमा कोरोना संक्रमित एक महिलाको निधन

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा एक जना कोरोना संक्रमित महिलाको निधन भएको छ। रुपन्देहीको सैनामैना नगरपालिका ११ की ७७ वर्षीया महिलालाई स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ अस्पताल लगिएको थियो। प्रादेशिक अस्पतलालमा रहेको परीक्षण बिधिबाट पिसीआर टेष्ट गर्दा रिर्पोट कोरोना पोजेटिभ आएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए।  

केही दिनदेखि ज्वरो र रुघाखोकी लागेकी ती महिलालाई अन्य दिर्घ रोग भने नभएको डा थापाले बताए। उनलाइ तत्कालै सघन उपचार गर्नु पर्ने अवस्था भए पनि कोरोना  अस्पतालमा आयसीयु भेन्टिलेटर खाली नभएकाले प्रादेसिक अस्पतालकै आइसोलेसन वार्डमा अक्सिजन दिएर राखिएको डा थापाले बताए। ती महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको हो।

यो संगै लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा ३ जना र कोरोना अस्पतालमा ८ जना गरी ११ जना संक्रमितको मृत्यु भएको छ। कोरोना अस्पतालमा अहिले १६ जना संक्रमित सघन उपचार कक्षमा छन् । ती मध्ये ४ जनाको भेन्टिलेटरको सहायताले उपचार भइरहेको  छ।

प्रकाशित: १८ भाद्र २०७७ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App