१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश १ मा १ सय १२ संक्रमित थपिए

शनिबार कोरोना भाइरसका १ सय १२ जना संक्रमित प्रदेश १ मा थपिँदा ९ जना डिस्चार्ज भएका छन्। मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा १० महिला ११ पुरुष, कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैँचामा १ महिला १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। त्यसैगरी सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहबीमा ३ महिला ६ पुरुष, धरानमा २ महिला ४ पुरुष, झापाको दमकमा ७ महिला ९ पुरुष, झापा गाउँपालिकामा १ महिला २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको छ भने कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा शनिबार ९ जना डिस्चार्ज भएका छन्। झापा मेचीनगरको धाईजन आइसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय २५ पुगेको छ। शनिबार १ हजार २ सय २० जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ८६ हजार ४ सय २२ जनाको पिसिआर परीक्षण गरिएको छ। 

प्रकाशित: १३ भाद्र २०७७ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App