८ वैशाख २०८१ शनिबार
समाज

वीपीमा मोरङका ४० बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा फेरि मोरङका एक कोरोना संक्रमित पुरुषको निधन भएको छ। मोरङको धनपालथान ६ का ४० बर्षीय पुरुषको हिजो (आइतबार) राती ८ बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ। प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक वीपीकै अर्थो अब्जरवेसन वार्डमा उपचारको क्रममा रहदा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनलाई कोभिड अस्पतालमा सारिएको थियो।

प्रवक्त डा.सापकोटाका अनुसार मृतकलाई भदौ २६ गते कोरोना पुष्टि भएको थियो भने सोही राती साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो। मृतकलाई कुनै पनि दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ। मृतकको शव व्यवस्थापन नियमअनुसार भइरहेको प्रवक्ता डा.सापकोटाले जानकारी दिए। यसअघि हिजो(आइतबार) नै दिउँसो २ बजेर २० मिनेटमा मोरङकै विराटनगर १२ का ७० बर्षीय वृद्धको पनि कोडिभ अस्पतालमा निधन भएको थियो। 

प्रकाशित: २९ भाद्र २०७७ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App