१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

त्रिवि शिक्षण अस्पतालमा २० वर्षीया युवतीसहित दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका कोरोना फोकल पर्सन डा. सविन थपलियाका अनुसार तनहुँकी २० वर्षीया महिला र काडमाडाैं मैतिदेविका ७५ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो।   

तनहुँकी महिला बाथ रोग र मिर्गौलाको समस्याबाट पीडित थिइन् भने ७५ वर्षीय पुरुषमा  सुगर प्रेसर जस्ता दीर्घरोग भएको थपलियाले बताए।

मैतिदेविका ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए भने, तनहुँकी २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या भएर डायलासिस गराइरहेकी थिइन्। उनी १६ गते नै भर्ना भएकी थिइन्। दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो।

प्रकाशित: १७ भाद्र २०७७ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App