coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विराटनगरकी कोरोना संक्रमित एक महिलाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट विराटनगरकी एक महिलाको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको छ।  विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर–१९ मिलन चोककी ४० वर्षीया महिलाको मृत्यु भएको डाक्टर लक्ष्मीनारायण यादवले बताए।

मृतक महिलामा ६ दिनदेखि ज्वरो थियो भने बुधबारदेखि श्वासप्रश्वासमा समस्या आएको थियो। महिलामा स्वास्थ्य समस्या बढेपछि बिहीबार दिउँसो सवा १ बजे कोसी अस्पतालको आइसोलेनमा भर्ना भएको डाक्टर यादवले बताए।  

आइसोलेसनमा भर्ना भएसँगै महिलामा समस्या देखिएपछि बेलुका पौने ७ बजे कोभिड १९ उपचार केन्द्रमा थप उपचारका लागि भर्ना गरिएको थियो। त्यहाँ उपचार गर्दा गर्दै बेलुका ७ बजेर १० मिनेटमा मृत्यु भएको डाक्टर यादवले बताए।  

उच्च रक्तचाप, हाइपोथाइराडिज्म, मोटोपनाको समस्या मृतक महिलामा रहेको अस्पतालले जनाएको छ।  

यससँगै विराटनगर महानगरपालिकामा १५ जनाको संक्रमणका कारण मृत्यु भएको छ। प्रदेश १ मा हालसम्म ४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। जसमा १२ जना महिला र ३२ जना पुरुष रहेका छन्।

 

प्रकाशित: २६ भाद्र २०७७ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App