१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ। सोमबार बिहान पनि एक जना संक्रमितको मृत्यु भएको छ। विटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजे उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।चुमनलाल दासले जानकारी दिए।

वृद्धमा भदौ ११ गने संक्रमण पुष्टि भएको थियो। वृद्ध ुहोम आइसोलेसनुमा बसिरहेका थिए।  स्वास्थ्यमा समस्या भएकोले शनिबार अस्पताल भर्ना भएका थिए।

मृतकमा उच्च रक्तचापको पुरानै समस्या थियो। योसगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ। प्रदेशमा ४३ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित: २२ भाद्र २०७७ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App