५ मंसिर २०८१ बुधबार
image/svg+xml

बाँकेको बैजनाथमा मतगणना स्थगित

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले मतगणमा संलग्न कर्मचारीको निश्पक्षतामाथी प्रश्न उठाएपछि स्थगित भएको छ।

नौगाड गाउँपालिकामा माओवादी केन्द्र विजयी

दार्चुलाको नौगाड गाउँपालिकामा गठबन्धन विजयी भएको छ। नौगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्रका दलजीत सिंह धामी विजयी भएका छन्। धामी तीन हजार ५ सय ८९ मतका साथ विजयी भएका हुन्।

दोहोरिन खोज्नेलाई चुनावी सकस

फुङलिङ नगरपालिकाको प्रमुखमा छत्रपति प्याकुरेललाई एमालेले दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार बनायो। प्याकुरेल गठबन्धनका कांग्रेस उम्मेदवार अमिर मादेनसँग ठूलो मतान्तरले पछि छन्।

बझाङको साइपालमा एमाले विजयी

बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहरा विजयी भएका छन्। उनले ६ सय ७५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उज्वल बोहराले ६ सय १३ मत ल्याए।

दाङमा कांग्रेसका बागी उम्मेदवार वडाध्यक्षमा निर्वाचित

दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

नौ वटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो ।

खुम्बु पासाङल्हामू गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बूको खुम्बु पासाङल्हामू गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्षमा मिङमा छिरी शेर्पा, उपाध्यक्षमा टासी ल्हमु शेर्पा विजयी भएका छन्।

नौमुले गाउँपालिकामा सुवेदी विजयी

दैलेखको नौमुले गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदी विजयी भएका छन् । उनले ३२ सय मत ल्याएर विजयी भएका हुन्।

रुकुम त्रिबेणी १ मा स्वतन्त्र उम्मेदवार विजयी, मुसिकोटमा कांग्रेसको अग्रता

रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालय त्रिबेणीका अनुसार ओलीले ५ सय ७७ मत ल्याएर विजयी भएका हुन्।

ताप्लेजुङका ५ स्थानीय तहमा गठबन्धनको अग्रता

फक्ताङलुङ गाउँपालिका बाहेक ताप्लेजुङका ८ स्थानीय तहको मतगणना जारी रहँदा फुङलिङ नगरपालिकासहित ५ स्थानीय तहमा गठबन्धन पक्षका उम्मेदवारले अग्रता लिएका छन्।

रोल्पामा माओवादी अग्रता: ७ वडा माओवादी र १ वडामा कांग्रेस विजयी

रोल्पामा मतगणना सुरु भएका अधिकांश स्थानीय तहमा माओवादीले अग्रता लिएको छ। जिल्लाको एक मात्र नगरपालिकामा माओवादीका सुरेन्द्र थापाघर्तीले ७ सय ८६ मत ल्याउँदा कांग्रेसका शेरबहादुर थापाले ३ सय २१ र एमालेका घनस्याम आचार्यले ४८ मत प्राप्त गरेका छन्।

रोल्पामा कांग्रेसले जितको खाता खोल्यो

रोल्पामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ। गंगादेव गाउँपालिका वडा न. १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले विजयी सुरुवात गरेका हुन्।

कास्की अन्नपूर्णमा एमालेको अग्रता

कास्कीको अन्नपूर्ण गाउँपालिका मतगणनाको सार्वजनिक गरिएको प्रारम्भिक नजिता अनुसार नेकपा एमालेका गाँउपालिका अध्यक्षका उम्मेदवार विष्णु केसी र उपाध्यक्ष चन्द्रा देवकोटाले अग्रता लिएका छन्।

कास्कीको रुपा गाउँपालिकामा कांग्रेसको अग्रता

कास्कीको रुपा गाउँपालिकामा कांग्रेस उम्मेदवारले अग्रता लिएको छ। रुपा गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी उम्मेदवार गीमाया गुरुङले सुरुवाती अग्रता लिएकी हुन्।

दैलेखमा वडाअध्यक्षमा तीन पार्टीले खाता खोले

डुगेश्वर गाउँपालिका–१ को वडाअध्यक्षमा माओवादीका श्याम राना विजयी भएका छन्। उनले ७ सय ८१ मत ल्याएर विजयी भएका हुन् उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी कलावती न्यौपानले ५ सय ५१ मत ल्याएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्