मोरङको कानेपोखरीमा एमालेको अग्रता
मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ। ४ हजार ४ सय मत गणना हुँदा नेकपा एमालेकी प्रमुख पदकी उमेदवार राजमति इङनामले १ हजार ८ सय ३ मतकासाथ अग्रता लिएकी छिन्।
मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ। ४ हजार ४ सय मत गणना हुँदा नेकपा एमालेकी प्रमुख पदकी उमेदवार राजमति इङनामले १ हजार ८ सय ३ मतकासाथ अग्रता लिएकी छिन्।
बाँकेको बैजनाथ गाउँपालिकामा अहिलेसम्म ४ सय मतगणना भएको छ।
उनका अनुसार घटनामा नेकपा एमालेका समर्थकहरूले आफ्नो पक्षमा भोट नदिएको भन्दै केही पुरुष समेत कुटपिट गरेका थिए। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको अवस्थामा मध्यरातमा अराजकता देखाइएको भन्दै महिला र गाउँलेलाई कुटपिट गर्ने बिरुद्ध किटानी जायरी समेत दिने बताए।
चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा सोही पार्टीका छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन्।
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ गाविस भवन ताराखसे मतदान केन्द्रमा गोली चलेको छ।
वर्षाका कारण उदयपुरमा केहीबेर चुनाव रोकिएर पुन: सुचारु भलको छ। दिउँसो ३ः३० वजे एक्कासी पानी परेपछि केहीबेर मतदान कार्य रोकेर सुचारु गर्नु परेको हो।
उत्तरी गोरखाका चार केन्द्रमा मतदान सकिएको छ। चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ४ को मतदान केन्द्रमा मतदान सकिएको हो। वडा नं. १ को साम्दो आधारभूत विद्यालय मतदान केन्द्रमा ७४ मत खसेको बताइएको छ।
नेकपा (एमाले)को उम्मेदवार राई हिजो साँझ गाउँपालिकाको वडा ५, जमुनामा ‘मतदाता प्रभावित पार्न’ गएको भन्दै एक समूहले उनलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। उनी चढेको गाडी नियन्त्रण गर्ने प्रयास गरिएपछि उनी त्यहीं रहेको सुरक्षा पोस्टमा गएका थिए। सुरक्षा पोस्टमा रहेका बेला पनि झडपको अवस्था आएपछि राईको विषयमा उत्पन्न विवाद निर्वाचन अधिकृतको कार्यालयले हेर्नेगरी उनी राति नै गाउँपालिकाको केन्द्र देउराली बजार फर्किएका थिए।
गजुरी गाउँपालिका–३ का मधु चेपाङ मतदान गर्न निकै उत्साहित छन्। उमेरले २६ वर्ष पुगेर पहिलो आफूले चाहेको उम्मेदवारलाई भोट हाल्ने तयारीमा छन्।
मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो।
इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
गोरखाको तीनवटा मतदान केन्द्रमा एकसय भन्दा कम मतदाता रहेका छन्। चुमनुब्री गाउँपालिका ४ को नामरुङ गुम्बा मतदानकेन्द्र नामरुङमा ८२ जना मात्रै मतदाता छन्।
महिलाको हत्या आरोपमा जनप्रतिनिधि र उम्मेदवार पक्राउ परेका छन्। रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका नेता-कार्यकर्ता पक्राउ परेका हुन्।
निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।