८ वैशाख २०८१ शनिबार
समाज

उत्तरी गोरखाको चारवटा केन्द्रमा मतदान सकियो

उत्तरी गोरखाका चार केन्द्रमा मतदान सकिएको छ। चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ४ को मतदान केन्द्रमा मतदान सकिएको हो। वडा नं. १ को साम्दो आधारभूत विद्यालय मतदान केन्द्रमा ७४ मत खसेको बताइएको छ।

त्यहाँ ९८ मतदाता थिए। त्यस्तै वडा नं. ४ को नाम्रुङगुम्बा मतदानकेन्द्रमा रहेका ८२ मतदाता मध्य ७५ मत खसेको स्थानीय छिरिङ लामाले जानकारी दिए। दुर्गम हिमाली यी केन्द्रमा थप मतदाता नआउने भएपछि मतदान सकिएको र मतपेटिका सिल गर्ने तयारी भएको छ।

त्यस्तै, १०५ जना मतदाता रहेको सोही वडाको हिमचुली प्रावि मतदानकेन्द्र छाकको पनि मतदान सकिएको छ। त्यहाँ ३० महिला र २८ पुरुष गरी ५८ मत खसेको स्थानीय पेमा लामाले जानकारी दिएका छन्। सोही वडा अन्तर्गत १८२ मतदाता रहेको वुद्ध आधारभूत मतदानकेन्द्रको पनि मतदान सकिएको छ।

त्यहाँ जम्मा ५५ महिला र ६५ पुरुष गरी एकसय २० मत खसेको उनले बताए। मतदान कार्य सम्पन्न भए पनि औपचारिक घोषणा गर्न पाँच बजेसम्म कुर्नुपर्ने र कोही मतदाता आउन सक्ने भएकाले निर्धारित समयतसम्म बस्नुपर्ने चुमनुब्री गाउँपालिकाका निर्वाचन अधिकृत भिमसेन श्रेष्ठले बताए।

प्रकाशित: ३० वैशाख २०७९ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App