४ वैशाख २०८१ मंगलबार
राजनीति

बाँकेको बैजनाथमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको अग्रता

बाँकेको बैजनाथ गाउँपालिकामा अहिलेसम्म ४ सय मतगणना भएको छ। अहिलेसम्मको परिणाम अनुसार अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका प्रकाशबहादुर शाही तथा निर्मला रोकायले अग्रता लिएका छन्। कांग्रेसका शाहीले १ सय ६६ र एमालेका घननाथ खनालले १ सय १६ मत प्राप्त गरेका छन्।

यसैगरी उपाध्यक्षमा कांग्रेसका रोकायले १ सय ५२ र एमालेकी  प्रेमपूर्ण योगीले १ सय २० मत प्राप्त गरेकी छिन्। निर्वाचन कर्मचारीका अनुसार उक्त गाउँपालिकामा अहिले वडा नम्बर १ को मतगणना चलिरहेको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App