७ वैशाख २०८१ शुक्रबार
समाज

उदयपुरमा केहीबेर चुनाव स्थगित भइ पुन: सुचारु

वर्षाका कारण उदयपुरमा केहीबेर चुनाव रोकिएर पुन: सुचारु भलको छ। दिउँसो ३ः३० वजे एक्कासी पानी परेपछि केहीबेर मतदान कार्य रोकेर सुचारु गर्नु परेको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाए अनुसार जिल्लाका कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, लिमचुङबुङ र ताप्ली गाउँपालिकाको केही केन्द्रको मतदान वर्षाले रोकिएकोमा वर्षा रहने बित्तिकै सुचारु भएको छ।

सामान्य हावाहुरीसँगै परेको वर्षाले मतदान गर्न लामबद्ध मतदाता केहीबेर तितरबितर हुन पुगेका थिए। वर्षाले मतदान प्रभावित भएपछि झण्डै आधा घण्टा रोकेर त्रिपालको व्यवस्था गरी सुचारु गरिएको लिमचुङबुङ ५ जाँते केन्द्रका मतदान अधिकृत लौकाजी राईले बताए।

जाँतेकै केन्द्र 'ख' का अधिकृत मोहन बुढाथोकीका अनुसार लगभग आधा घण्टापछि पुन सुचारु भएको मतदान शान्तिपुर्ण रुपमा भइरहेको छ। उनका अनुसार अहिलेसम्म लगभग ५० प्रतिशत मत खसिसकेको छ।

लिमचुङबुङ ३ बाराहा सुरुवाती केन्द्रका मतदान अधिकृत ताराकिरण राईका अनुसार वर्षाका बाबजुद पनि उत्साहजनक मतदान भइरहेको छ। दिउसो ३स्०० बजेसम्म ५० प्रतिसत मतदान भइसकेको हुनाले साँझसम्म ७० प्रतिसत मत खस्ने अनुमान उनको छ।

मुख्य निर्वाचन अधिकृत दिपक खनालले जिल्लाभरी अहिलेसम्म ५५ प्रतिसत मत झरिसकेको छ। उनका अनुसार यस पटक ७० प्रतिसत भन्दा बढी मत खस्ने अनुमान गरिएकोमा वर्षाले प्रभावित हुन पुग्दा केही कम मत खस्ने अनुमान छ।

बिहान ७ः०० देखि सुरु भएको मतदान कार्य साँझ ५ः०० बजेसम्म चल्ने उनले बताए। ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ स्थानीयतह रहेको उदयपुरमा ९८ मतदान केन्द्र र २ लाख २३ हजार बढी मतदाता छन्।

प्रकाशित: ३० वैशाख २०७९ ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App