५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गोली लागेर मतदान केन्द्रका कर्मचारी घाइते

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ गाविस भवन ताराखसे मतदान केन्द्रमा गोली चलेको छ। अज्ञात व्यक्तिले चलाएको गोली लागेर सोही केन्द्रमा खटिएका सहायक कर्मचारी मनिसा थापा मगर घाइते भएकी छिन्।

उनको तिघ्रामा गोली लागेको मतदान अधिकृत बालकुमार नेपालीले बताए। ‘करिब चार बजेर ३५ मिनेट गएको थियो, म र मनिसा थापा सँगै थियौँ, उहाँ एक्कासी ढल्नुभयो, गोली लागेको रहेछ’ उनले भने ‘कसले गोली हान्यो भन्ने यकिन भएको छैन।’ त्यसयता मतदान प्रक्रिया रोकिएको छ। कर्मचारी र स्थानीय त्रासमा रहेको मतदान अधिकृत नेपालीले बताए।

प्रकाशित: ३० वैशाख २०७९ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App