७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

दोहोरिन खोज्नेलाई चुनावी सकस

फुङलिङ नगरपालिकाको प्रमुखमा छत्रपति प्याकुरेललाई एमालेले दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार बनायो। प्याकुरेल गठबन्धनका कांग्रेस उम्मेदवार अमिर मादेनसँग ठूलो मतान्तरले पछि छन्।

मैवाखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले पुरानै अनुहार क्रमशः राजनकुमार थत्लुङ र कौशिला थत्लुङलाई पुनः सोही पदमा उम्मेदवार बनायो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३२ मध्ये प्रमुख र उपप्रमुखसहित ३१ स्थानमा विजयी हासिल गरेको एमालेले अहिले त्यहाँका ६ वटा वडामध्ये २ वटा वडा गुमाइसकेको छ भने अध्यक्ष र उपाध्यक्षमा पछि परेको अवस्था उल्टाउन निकै सकस छ।

त्यहाँ गठबन्धन पक्षका माओवादी केन्द्रका उम्मेदवार बिजयप्रकाश वनेम र उपाध्यक्षमा कांग्रेस उम्मेदवार कमलकुमारी लिम्बू उनीहरु भन्दा अघि बढीरहेका छन्। फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष भइसकेका सरोज एभेङ गठबन्धन पक्षका उम्मेदवार माओवादी केन्द्रका राजन (मुक्ति) लाबुङसंग ४ सय बढी मतान्तरले पछि छन्।

पाथीभरा याङ्वरक गाउँपालिकामा एमालेले यसअघिका अध्यक्ष र उपाध्यक्ष केशरकुमार सुब्बा र रनमाया गुरुङलाई पुनः सोही पदमाउम्मेदार बनायो। गुरुङको दोहोरिने बलियो सम्भावना रहेपनि वडा नं १ नाङखोल्याङको मतगणनामा केही मतको अग्रता बनाएका अध्यक्ष उम्मेदवार सुब्बा आफ्नै गृह वडाबाट पछि परिरहेका छन्।

यो समाचार तयार पार्दासम्म ताप्लेजुङको २१ वटा वडाका वडाध्यक्षको नतिजा घोषित हुँदा २ जना बाहेक दोहोरिन खोज्ने सबै पराजित भएका छन्। फुङ्लिङ नगरपालिका वडा नं ११ का युवराज भट्टराई र फक्ताङलुङ गाउँपालिका वडा नं १ का यज्ञ लिम्बू बाहेक अरु सबै दोहोरिन खोज्ने वडाध्यक्ष पराजित भएका छन्।

दोहोरिनका लागि उम्मेदवारी दिएका केहीको परिणाम आउन बाँकी रहेको छ। फुङ्लिङ नपा १० फुरुम्बुका गमबहादुर फुरुम्बु, सादेवा वडा नं १ कालिखोलाका बिजयप्रकाश चापागाईं, मिक्वाखोला वडा नं १ खोक्लिङका अमृत लिम्बू, आठराइ त्रिबेणी गाउँपालिका वडा नं ५ का सन्तोष लिम्बू, फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेमिनका हर्कसिंह पराजुली, मैवाखोला गाउँपालिका वडा नं ५ काकुलबहादुर लिम्बू पराजित भएका छन्।

प्रकाशित: १ जेष्ठ २०७९ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App