५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

ताप्लेजुङका ५ स्थानीय तहमा गठबन्धनको अग्रता

फक्ताङलुङ गाउँपालिका बाहेक ताप्लेजुङका ८ स्थानीय तहको मतगणना जारी रहँदा फुङलिङ नगरपालिकासहित ५ स्थानीय तहमा गठबन्धन पक्षका उम्मेदवारले अग्रता लिएका छन्।

फुङलिङ नगरपालिकामा गठबन्धनतर्फ कांग्रेसका उम्मेदवार अमिर मादेनले प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पारेका छन्। मादेनको ४ सय ३० र प्याकुरेलको १ सय ७५ मत रहेको छ। वडा नं ११ फावाखोलाबाट मतगणना सुरु भएको हो।

यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार बमबहादुर भट्टराई अघि छन्। एमालेका उपमेयरका उम्मेदवार भीमादेवी ओझाको १ सय ७५ मत रहेको छ। मैवाखोला गाउँपालिकामा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।

मैवाखोला गाउँपालिकाको वडा नं ६ फाकुम्बाट सुरु भएको मतगणनामा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष उम्मेदवार विजयप्रकाश वनेमले  २ सय ८२ मत ल्याएका छन् भने एमालेका अध्यक्ष उम्मेदवार राजनकुमार थत्लुङको २ सय ४९ मत रहेको छ।

यस्तै उपाध्यक्षमा गठबन्धन तर्फबाट कांग्रेसका उम्मेदवार कृष्णकुमारी लिम्बूको २ सय ९६ र एमालेका उम्मेदवार कौशिला थत्लुङको २ सय ५८ मत रहेको छ। यस्तै मिक्वाखोला गाउँपालिका वडा नं १ बाट भर्खरै सुरु भएको मतगणनमा एमालेले प्रारम्भिक अग्रता लिएको छ।

एमाले उम्मेदवार दिवस लिवाङको ५१ र गठबन्धन उम्मेदवार कांग्रेसका भक्तबहादुर कार्कीको ४४ मत रहेको छ। यस्तै उपाध्यक्षमा एमालेका मीनाकुमारी लिम्बूको ५० र गठबन्धन पक्षका माओवादी केन्द्रका उम्मेदवार डण्डु शेर्पाको ४१ मत रहेको छ।

आठराइ त्रिबेणी गाउँपालिकामा गठबन्धन पक्षका कांग्रेसका उम्मेदवार विश्वनाथ सिटौलाको २ सय ९२ र एमालेका दीपेन्द्र पोमूको २ सय ४० मत रहेको छ। उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रका प्रजिन ३ सय ३ मत र एमालेका उम्मेदवार शान्ता आङ्बुहाङको २ सय २९ मत रहेको छ।

मेरिङदेन गाउँपालिकामा एमाले उम्मेदवार केदारजंग लिम्बूको सुरुवाती अग्रता देखिएको छ। यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमबाट सुरु भएको मतगणनामा गठबन्धनका कांग्रेस उम्मेदवार प्रदीपकुमार राईले अग्रतथा लिएका छन्। कांग्रेस उम्मेदवार राईको ८३ मत तथा प्रतिस्पर्धी एमालेका मानबहादुर राईको ७३ मत रहेको छ।

उपाध्यक्षमा गठबन्धन पक्षका माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमारी कडरियाको ८० मत र एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङको ४७ मत रहेको छ। वडा नं १ नाङखोल्याङबाट सुरु भएको पाथीभरा याङ्वरक गाउँपालिकामा गठबन्धनका कांग्रेस उम्मेदवार रामकुमार थेबे र एमालेका केशरकुमार सुब्बाको समान ४६–४६ मत रहेको छ भने उपाध्यक्षमा एमालेकी रनमाया गुरुङको ५१ र गठबन्धन पक्षधर माओवादी केन्द्रका कुमार मेन्याङ्वोले २८ मत रहेको छ।

सिरिजङ्गा गाउँपालिकामा एमाले उम्मेदवार सन्तोष चाम्लिङे प्रारम्भिक अग्रता लिएका छन्। वडा नं १ सिनामबाट सुरु भएको मतगणनामा चाम्लिङको ५६ र गठबन्धनका कांग्रेस उम्मेदवार लालकृष्ण चौहानको ३६ मत रहेको छ। उपाध्यक्षमा एमालेकी तुलसा बस्नेतको ५७ र गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार डाक्टर चित्र मावोको ३० मत रहेको छ। यता मेरिङदेन गाउँपालिकामा एमालेका केदारजंग लिम्बूले ७ सय ३७ मत ल्याएका छन्।

गठबन्धन पक्षका कांग्रेस उम्मेदवार युकहाँङबीर (डम्बर) हाङगामको ६ सय ४९ मत रहेको छ। यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा एसका दुर्गाहाङ श्रेङचोङ्वाङको ५ सय ३४ र एमालेको सर्मथन पाएका स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाको ४ सय ४३ रहेको छ। फक्ताङलुङ गाउँपालिकाको मतपेटिका संलनको अन्तिम चरणमा पुगेकोले अहिले राति १० बजेपछिबाट मतगणना सुरु गर्ने तयारी रहेको बुझिएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App