६ आश्विन २०८१ आइतबार
image/svg+xml
निर्वाचन विशेष

बझाङको साइपालमा एमाले विजयी

बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहरा विजयी भएका छन्। उनले ६ सय ७५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उज्वल बोहराले ६ सय १३ मत ल्याए।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६ सय ७५ मतसहित विजयी भएकी छिन्। उनका प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६ सय १९ मत ल्याइन्। यो पालिकामा वडानम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी विजयी भएका छन्।

वडा नम्बर २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडानम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन्। यस्तै, वडानम्बर ४ मा नेपाली कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडानम्बर ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएका छन्। अघिल्लो निर्वाचन २०७४ मा यस गाउँपालिकामा कांग्रेसले जितेको थियो।

प्रकाशित: १ जेष्ठ २०७९ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App