५ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

दैलेखमा वडाअध्यक्षमा तीन पार्टीले खाता खोले

डुगेश्वर गाउँपालिका–१ को वडाअध्यक्षमा माओवादीका श्याम राना विजयी भएका छन्। उनले ७ सय ८१ मत ल्याएर विजयी भएका हुन् उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी कलावती न्यौपानले ५ सय ५१ मत ल्याएकी थिइन्।

रानाले गठबन्धनको सहयोगमा चुनाव जितेका हुन्। त्यस्तै गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्रबहादुर मल्ल ७ सय ३ मत ल्याएर अग्रता कायम राखेका छन् भने नेकपा एमालेका सुन्दर केसी ५ सय १ मत ल्याएका छन्। नौमुले गाउँपालिका–१ मा नेपाली कांग्रेसबाट वडाअध्यक्ष रुपेश राना विजयी भएका छन्।

उनले ४ सय मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नामाखर शर्माले ३ सय ८६ मत ल्याएका थिए। महावु गाउँपालिका –१ को वडाध्यक्षमा नेकपा एमालेका सर्वराज सार्की ६ सय ९२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी सुर्यराम सावद ६ सय ३६ मत ल्याएका थिए। मतगणना कार्य तीव्र गतिमा भइरहे पनि पहिलो नजिता अनुसार तीन पार्टीका तीन जना वडाअध्यक्ष निर्वाचित भएका हुन्।

त्यस्तै चामुण्डाविन्द्रसैनी नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेशबहादुर शाहीले ३ सय २६ मत ल्याएर अग्रता कायम गरेका छन् भने नेकपा एमालेबाट सुर्यबहादुर शाहीले २ सय ७ मत, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले २ सय ३१ मत ल्याएका छन्। नारायण नगरपालिकामा मत गणना कार्य बिहान ११ बजेबाट सुरु भएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App