२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कास्कीको रुपा गाउँपालिकामा कांग्रेसको अग्रता

कास्कीको रुपा गाउँपालिकामा कांग्रेस उम्मेदवारले अग्रता लिएको छ। रुपा गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी उम्मेदवार गीमाया गुरुङले सुरुवाती अग्रता लिएकी हुन्। उनले १ हजार २ सय १० मत गणना हुँदा ६ सय ५ मत प्राप्त गर्दै अग्रता लिएकी छन्।

उनले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नवराज ओझालाई १४२ मतले पछि पारेकी छन्। ओझाले ४ सय ६३ मत प्राप्त गरेर गुरुङलाई पछ्याइरहेका छन्। अध्यक्षमा २८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै, उपाध्यक्षमा कांग्रेसका नारायण श्रेष्ठले ६ सय १८ मत ल्याएर अग्रता लिएका छन्। एमालेकी लालसुबा गुरुङले ४ सय ३४ मत ल्याएर पछ्याइरहेकी छिन्। उपाध्यक्षमा ३७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

रुपा एमालेले जितेको गाउँपालिका हो। यसअघिका रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा र उपप्रमुख लालसुबा गुरुङ राजिनामा दिएर एमालेबाट उम्मेदवार बनेका छन्। रुपा गाउँपालिकामा कुल १४ हजार ६ सय ७५ मतदाता रहेकोमा १० हजार ३ सय ४४ मत खसेको छ। जुन ७०.४९ प्रतिशत हो।

प्रकाशित: ३१ वैशाख २०७९ ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App