८ वैशाख २०८१ शनिबार
राजनीति

रोल्पामा कांग्रेसले जितको खाता खोल्यो

रोल्पामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ। गंगादेव गाउँपालिका वडा न. १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले विजयी सुरुवात गरेका हुन्।

नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले ३ सय ८५ मतका साथ विजयी हासिल गर्दा एमालेले २ सय ४० र माओवादीले २ सय २४ मत ल्याएको छ।

वडा न. ७ मा पनि कांग्रेसले अग्रता लिँदा समग्र गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ। यो वडामा माओवादी तेस्रो भएको छ भने गाउँपालिकामा पनि पछि देखिन्छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App