coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रोल्पामा माओवादी अग्रता: ७ वडा माओवादी र १ वडामा कांग्रेस विजयी

रोल्पामा मतगणना सुरु भएका अधिकांश स्थानीय तहमा माओवादीले अग्रता लिएको छ। जिल्लाको एक मात्र नगरपालिकामा माओवादीका सुरेन्द्र थापाघर्तीले ७ सय ८६ मत ल्याउँदा कांग्रेसका शेरबहादुर थापाले ३ सय २१ र एमालेका घनस्याम आचार्यले ४८ मत प्राप्त गरेका छन्।

परिवर्तन गाउँपालिकामा माओवादीका सुकबहादुर बुढाले ७ सय १५ ल्याउदा कांग्रेसका विश्व कुमार चन्दले ५ सय ५३ मत ल्याएका छन्। माडि गाउँपालिकामा माओवादीका अमरसिंह घर्तीले ८ सय ७५ मत ल्याउँदा एमालेका विजय घर्तीले ८ सय ४८ मत ल्याएका छन्।

सुनिलस्मृती गाउँपालिकामा माओवादीका मणिराम बुढाथोकिले ७ सय ८० ल्याउँदा कांग्रेसका गञ्जबहादुर क्षेत्रीले ३ सय ९२ मत ल्याएका छन्। लुग्री गाउँपालिकामा माओवादीका भरतकुमार थापाले ९ सय ६७ मत ल्याउदा कांग्रेसका जनक खड्काले ५ सय ६२ मत ल्याएका छन्।

त्रिबेणी गाउँपालिकामा माओवादीका रेशम पुनले ५ सय ८२ मत ल्याएका छन् भने एमालेका कर्णबहादुर पुनले ५ सय १४ मत ल्याएका छन्। यहाँको गंगादेव गाउँपालिकामा भने कांग्रेसको अग्रता रहेको छ। कांग्रेसका हरीबहादुर पुनले ५ सय ८४ मत ल्याउँदा एमालेका रोसनकुमार वलीले ४ सय ६४ मत ल्याएका छन्।

अहिलेसम्म आएको परिणाम अनुसार जिल्लाको सदरमुकाम रहेको रोल्पा नगरपालिकाको १ नं. वडामा माओवादी केन्द्रका उम्मेदवार खुमबहादुर थापाले ९ सय ८७ मत लिइ प्यानलसहित विजीय भएका छन्। थबाङ गाउँपालिका–१ उवामा माओवादी केन्द्रका गोवर्दधन घर्तीमगर प्यानलसहित विजयी भएका छन्।

त्रिबेणी गाउँपालिका–१ करेटीमा माओवादी केन्द्रकै वडा अध्यक्षका उम्मेदवार देउराम घर्तीमगरको प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सुनिलस्मृति गाउँपालका–१ घोडागाउँका माओवादी केन्द्रका उम्मेदवार पवन कवर प्यानलसहित विजयी भएका छन्।

माडी गाउँपालिका–१ मा माओवादी केन्द्रका उम्मेदवार रोहितसिंह घर्तीमगरले ८ सय ९० लिइ विजयी भए। परिवर्तन गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका उम्मेदवार मैते बुढामगरको प्यानल विजयी भएका छन्। बुढामगर ७ सय ६३ मत ल्याएका छन्। लुंग्री गाउँपालिका ७ मा माओवादी केन्द्रका उम्मेदवार हिराबहादुर पुन विजयी भएका छन्।

गंगादेव गाउँपालिका–१ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका अमृतबहादुर वलीको प्यानल विजयी भएका छ। उनले ३ सय ८५ मतसहित विजयी हासिल गरेका हुन्। सुनछहरी र रुन्टीगढी गाउँपालिकामा ढिलो गरी मतगणना सुरु भएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App