१९ वैशाख २०८१ बुधबार
image/svg+xml

कोरियाबाट सवा दुई करोडको स्वास्थ्य सामग्री

नेपाली श्रमिकको आकर्षक गन्तव्य मानिँदै आएको दक्षिण कोरियाले नेपाललाई दुई लाख अमेरिकी डलर (करिब दुई करोड २५ लाख रूपैयाँ) बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

आइएमई फाउण्डेसनद्वारा तीन करोडका स्वास्थ्य सामग्री प्रदान

कोभिड १९को कारण मुलुकभर विरामीको उपचारमा कठिनाइ भैरहेको अवस्थामा आइएमई फाउन्डेसनले कोभिडको रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सरकारलाई प्रदान गरेको छ ।

थाइल्यान्डका राजाले पठाए नेपाललाई स्वास्थ्य सामग्री

थाइल्यान्डका राजाले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाएका छन् ।

वर्ल्डभिजनबाट २५ लाख बढीको कोभिड स्वास्थ्य सामग्री प्रदान

विश्वव्यापी कोभिड भेरियन्ट महामारीको उपचार तथा रोकथामका लागि वर्ल्डभिजन इन्टरनेशनलले २५ लाख बढीको अक्सिजन सिलिण्डरसहित बिभिन्न स्वास्थ्य सामग्री बुधबार डिसिसिएमसी उदयपुरलाई सहयोग गरेको छ।

लेखा समितिले माग्यो स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवरण

कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिले कोभिड–१९ काे महामारी रोकथाम तथा नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य संस्थालाई अक्सिजन प्लान्ट तथा अक्सिजनसम्बन्धी अन्य सामाग्री खरिद गर्न विनियोजित बजेटबाट स्वास्थ्य संस्थाहरूले गरेका सामाग्री खरिदसम्बन्धी विवरण माग गरेको छ।

रसुवा अस्पताललाई १७ प्रकारका स्वास्थ्य सामग्री प्रदान

रसुवा अपांग पुनर्स्थापना केन्द्रले अस्पताललाई १७ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। केन्द्रका कार्यक्रम अधिकृत दावा लाक्पा तामाङले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट भुवनराज केसीलाई सामग्री हस्तान्तरण गरेका हुन्।

अमेरिका र स्विजरल्यान्डबाट स्वास्थ्य सामग्री आइपुग्यो

नेपाल सरकारले नेपालमा कोरोना संक्रमणले गम्भीर क्षति पुर्‍याउन थालेपछि डेढ साताअघि प्रधामन्त्री अन्तर्राष्ट्रियस्तरमै सहयोगको लागि अपिल गरेका थिए भने परराष्ट्र र स्वास्थ्य मन्त्रालयले आफ्नै स्तरमा विभिन्न निकायसँग पहल गरेका हुन्।

विदेशमा रहेका गोर्खालीद्वारा जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

कामको शिलशिलामा जन्मथलो छाडेर बिदेशमा कर्मथलो बनाएका गोर्खालीहरुले गृह जिल्लामा कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका लागि स्वास्थ्य सामग्री पठाएका छन् ।

देश–विदेशबाट जुट्दै स्वास्थ्य सामग्री

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्विट्जरल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य सामग्री शनिबार बिहान नौ बजे र अमेरिकाले उपलब्ध गराएका सामग्री दिउँसो एक बजे विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल आइपुग्ने छन्। स्वास्थ्य सामग्री लिएर उतैका विमान आउने छन्।

ताप्लेजुङमा स्वास्थ्य सामग्री वितरण गर्दै सुआहारा

ताप्लेजुङलाई कार्यक्षेत्र बनाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले कोरोना संक्रमण महामारीविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पालिकागत रुपमा वितरण गर्न थालेका छन्।

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो।

चीनको सेनजेन र सिङ्गापुरबाट थप स्वास्थ्य सामग्री ल्याइने

निगमले तालुक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा उद्वार, मेडिकल तथा चार्टर्ड उडान गरिरहेको छ। सोही क्रममा निगमले मे २२ तारिखमा सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याउने जनाएको छ।

शिवम् सिमेन्टद्वारा स्वास्थ्य सामग्री सहयोग

शिवम् सिमेन्ट लिमिटेडले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हटौंडा अस्पताललाई एक सय ९० थान अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

जोखिममा रिपोर्टिङ गर्ने पत्रकारलाई स्वास्थ्य सामग्री

नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना महामारीको उच्च जोखिममा रहेका बाँकेका पत्रकारका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ।

स्वास्थ्य सामग्री भन्सार पास गर्न निर्देशन

अर्थमन्त्रीले सोमबार भर्चुअल माध्यमबाट भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक र विभिन्न भन्सार कार्यालयका प्रमुखलाई यो निर्देशन दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्