९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

चीनको सेनजेन र सिङ्गापुरबाट थप स्वास्थ्य सामग्री ल्याइने

निगमले तालुक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा उद्वार, मेडिकल तथा चार्टर्ड उडान गरिरहेको छ। सोही क्रममा निगमले मे २२ तारिखमा सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याउने जनाएको छ।

सिङ्गापुरस्थित टेमसेक फाउण्डेसनको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ल्याउन निगमले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र तालुक पर्यटन मन्त्रालयको निर्देशनमा मे २२ मा कल साइन आरए ४१५३ उडानको जहाजबाट बिहान ८ बजे उडान गर्ने र कलसाइन आरए ४२५४ बाट सोही दिन साँझ ६ः१० बजे काठमाडौँ स्वास्थ्य सामग्री ल्याउने छ।

निगमको व्यावसायिक स्थायित्वका लागि वर्तमान परिप्रेक्षमा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसहितका टिम उच्च सक्रिय रहेको पछिल्लो परिणाम विदेशी कूटनीतिक नियोगले समेत व्यावसायिक सम्मान दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ। उनका अनुसार निगम चीनको सेनजेनमा यही मे १९ तारिखमा आरए ४२७५ कलसाइनबाट मेडिकल चार्टर्ड उडान गरी आरए ४२७६ कलसाइनको उडानमार्फत सोही दिन फर्किने आन्तरिक तयारीमा जुटेको छ। 

निगमसँग दुई न्यारो बडी र दुई वाइड बडी गरी जम्मा चार जहाज अन्तर्राष्ट्रिय उडानका लागि छन्।

प्रकाशित: ५ जेष्ठ २०७८ ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App