१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस सभापतिलाई रविको प्रश्न: प्रधानमन्त्रीको अफर बाँकी छ कि एक्सपायर भयो ?

गृहमन्त्री रवि लामिछानले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको लागि अफर गरेको आशय व्यक्त गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाप्रति प्रश्न गर्दै प्रधानमन्त्रीको अफर गरेको हो कि होइन भनी सदनबाटै स्पष्ट पार्न आग्रह गरे।

सहकारीका विषयमा आफूप्रति उठेका विषयमा आइतबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले गृहमन्त्री बन्न नमिल्ने व्यक्ति कुन नैतिकताले प्रधानमन्त्री बन्न मिल्छ भन्दै प्रश्न गरे।

‘म गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न कुन नैतिक रुपले मिल्ने रहेछ रु म यो सदनमा सोध्न चाहान्छु। अफर गर्नेहरुले कान रातो पार्न पर्दैन। म राजनीतिमा गोपनियतालाई ख्याल राख्ने मान्छे हुँ,’ उनले भने।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको अफर गरेको भन्दै लामिछानेले भने, ‘हिजो मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार गर्ने अफरको डेट एक्सपाएर भयो कि अझै बाँकी छ ?’ उने प्रश्रन गरे।

उनले लोकतान्त्रिक दलले अर्को पार्टीको सांसदलाई बोल्न नदिने निर्णय गर्न मिल्छ भनि प्रश्रन सोधे। ‘यो कुन अभ्यास हो ? किसुनजी र गणेशमानजीको कांग्रेस लोकतन्त्रको यो कस्तो अभ्यास हो ?’ उनले भने। 

प्रकाशित: ६ जेष्ठ २०८१ १८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App