१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः नवीन कार्यमा हात नहाल्नु होला। धार्मिक कार्य गर्नु शुभ छ। पढाइमा रुचि बढ्ने छ। वैदेशिक यात्राको योग देखिन्छ। परिबारमा व्यय हुने समय देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई खर्च हुने दिन छ।

वृष राशिः व्यापार व्यवसायमा अर्थ प्राप्तिको समय छ। परिवारमा माया, प्रेम सद्भाव रहनेछ। वैदेशिक यात्रामा भाग्य राम्रो छ। विद्यार्थीका लागि पढाइ राम्रो हुने योग रहेको छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

मिथुन राशिः यात्रामा शुभ फल प्राप्त योग छ। अध्ययनअध्यापनमा सफलता मिल्ने छ। चर्मरोग देखापर्न सक्ने छ। काम गर्दा विचार पु¥याएर गर्नु पर्नेछ। समाजिक सम्मान मिल्ने छ। मध्यम उन्नति हुने दिन देखिन्छ।

कर्कट राशिः मित्रसँग वैचारिक मिलापको योग रहेको छ। आर्थिक यात्रामा प्रवेश गर्नु होला। स्वास्थ्यमा सामान्य विकार आउने देखिन्छ। पढाइमा राम्रो छ। कार्यमा प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ।

सिंह राशिः यात्रा गर्दा दिनको सुरुमै गर्नु होला। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। नयाँ कार्यमा केही बाधा आउने छ। व्यापारव्यवसायमा आंशिक फल प्राप्तिको योग छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ।

कन्या राशिः व्यापार व्यवसायमा शुभ नै देखिन्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। कममा हिंड्दा मतभिन्नता हुन सक्ने हुँदा जोगिनु होला। साथीहरुबाट हल्का खर्च हुने योग देखिन्छ। स्वदेश यात्राको योग रहेको छ।

तुला राशिः जग्गा सम्वन्धी काममा व्यय योग छ। आफन्तबाट धन खर्च हुनेछ। पराक्रमले केही कार्यसिद्धि देखिन्छ। अध्ययनार्थीका लागि पढाइमा रुचि बढ्ने छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

वृश्चिक राशिः नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। व्यवसायको लगानीबाट प्रतिफल मिल्न केही बाधा छ। परिचित व्यक्तिहरुले शुभ फल दिने छन्। हल्का रोग देखापर्न सक्ने छ। पढाइको क्षेत्रमा दिन राम्रो रहेको छ।

धनु राशिः कसैको सहयोग नलिई कार्य आरम्भ गर्नु होला। व्यवसायमा हल्का बाधा हुने दिन छ। नयाँ व्यक्तिबाट खर्च हुने देखिन्छ। विलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। अध्ययनको क्षेत्रमा राम्रो फल प्राप्त होला।

मकर राशिः धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। विदेश यात्राको योग रहेको छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न बाधा योग छ। अध्ययन, लेखनमा शुभ छ।

कुम्भ राशिः वाणी प्रवाभ वढ्ने छ। सामान्य रोग देखापर्नेछ। विद्या अध्ययनमा रुचि बढ्ने छ। उद्योगको आर्थिक लगानीमा व्यय हुनेछ। यात्रा गर्दा विचार गर्नु होला। आर्थिक फल बाधा हुने दिन रहेको छ।

मीन राशिः पराक्रमबाट कार्यसिद्धि हुने योग छ। पारिवारिक सदस्यहरुबीच मिष्ठान्न भोजन र मधुर वार्तालापले मन प्रशन्न हुनेछ। अध्यापन, लेखनमा सफलता मिल्ने योग छ। व्यापारको राम्रो फल प्राप्त हुनेछ।

प्रकाशित: २३ भाद्र २०८१ ०६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App