२५ आश्विन २०८३ आइतबार
image/svg+xml
बजार

एकैदिन २९ सयले बढ्यो सुन, चाँदी पनि महँगियो

नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।

आज सुन प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै शुक्रबार सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रूपैयाँले बढेर प्रतितोला चार हजार चार सय पाँच रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०८३ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App