१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

गगनमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई झाँक्रीको चुनौती

नेपाल कांग्रेसका महामन्त्री गगन कुमार थापामाथि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप लगाएको प्रति नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आपत्ति जनाएकी छिन्।

सोमबार सामाजिक सञ्जाल एक्स मार्फत उनले उल्लेखित आरोपहरू पुष्टि गर्न गृहमन्त्रीलाई चुनौती समेत दिइन्।

‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आईकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो,’ उनले लेखेकी छिन्, ‘गगन थापा माथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पुरा गर्नुपर्छ, हेक्का रहोस्।’

गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधिसभामा कांग्रेस महामन्त्री गगन थापा, सांसद आरजू राणासहित विभिन्न कांग्रेस नेताहरुतिर लक्षित गर्दै चर्चामा आएका अनुदानमा अनियमितता, विदेशीलाई सूचना बेचेको लगायतका विषयहरूको पनि छानबिन हुनुपर्ने बताएका थिए।

गृहमन्त्री लामिछानेले भनेका थिए ‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाममा राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौँ। ‘राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौँ।’

सोही कुरा प्रति आपत्ति जनाउँदै सचिव झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन्।

प्रकाशित: ७ जेष्ठ २०८१ १८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App