९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अमेरिका र स्विजरल्यान्डबाट स्वास्थ्य सामग्री आइपुग्यो

नेपालका लागि स्वास्थ्य सामग्री लिएर शनिबार नेपाल आएको स्विजरल्याण्डको विशेष कार्गो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा। तस्बिर: मोनिका मल्ल/नागरिक

नेपालमा कोरोना संक्रमणको महामारी नियन्त्रण तथा उपचारका लागि शनिबार थप दुई देशबाट स्वास्थ्य सामग्री नेपाल आइपुगेका छन्। शनिबार बिहान स्विजरल्यान्डबाट अक्सिजन कन्सटनटेटर, एन्टिजेन टेष्ट, अक्सिजन क्यानुला, मास्क, तथा अन्य पिपिई सामग्री आइपुगेको हो। स्विजरल्यान्डबाट प्राप्त सामग्री नेपालका लागि स्विरजल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरिन्। 

स्विजरल्यान्ड सरकारले नेपालका लागि ९० करोड रूपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी स्पेन सरकारले सहयोग स्वरूप प्रदान गरेको स्वास्थ्य सामग्री पनि शनिबार नै स्पेनका लागि नेपाली राजदूत दाबाफुटी शेर्पा र स्पेन सहयोग नियोगका निर्देशक म्याग्डी मार्टिनेजले मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरेका छन्।  

शनिबार नै अमेरिकी सहयोग नियोग(युएसएआइडी)ले नेपालकाा लागि प्रदान गरेको स्वास्थ्य सामग्रीमध्ये पहिलो कार्गो नेपाल आइपुगेको छ। सो सामग्री अमेरिकी विकास नियोगका अधिकारीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरेका हुन्। अमेरिकी सहयोगको पहिलो कार्गो शनिवार आइपुगेको र अन्य क्रमश आइतबार र सोमबारभित्र आइपुग्ने मन्त्रालयका प्रवक्ता डा.गौतमले बताए। तीनवटा कार्गोमा गरी १ अर्ब नेपाली रूपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको मन्त्रालयले जनाएको छ।  

शनिबार नै तिब्बत सरकारले दिएको स्वास्थ्य सामग्री लिन नेपालबाट कोदारी पठाइएको छ। नेपाल सरकारले नेपालमा कोरोना संक्रमणले गम्भीर क्षति पुर्‍याउन थालेपछि डेढ साताअघि प्रधामन्त्री अन्तर्राष्ट्रियस्तरमै सहयोगको लागि अपिल गरेका थिए भने परराष्ट्र र स्वास्थ्य मन्त्रालयले आफ्नै स्तरमा विभिन्न निकायसँग पहल गरेका हुन्। 

नेपाल सरकारले नेपालमा कोरोना संक्रमणले गम्भीर क्षति पुर्‍याउन थालेपछि डेढ साताअघि प्रधामन्त्री अन्तर्राष्ट्रियस्तरमै सहयोगको लागि अपिल गरेका थिए भने परराष्ट्र र स्वास्थ्य मन्त्रालयले आफ्नै स्तरमा विभिन्न निकायसँग पहल गरेका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सामग्रीको सूची नै दिएको थियो। सोहीअनुसार नै अहिले नेपालमा स्वास्थ्य सामग्री आइरहेको प्रवक्ता गौतमको भनाइ छ। अन्तर्राष्ट्रियस्तरबाट प्राप्त स्वास्थ्य सामग्रीको सहयोगले नेपाल सरकारले खरिद गर्नु नपर्ने भएको छ। तर नेपालमा कोरोना महामारीमा अति अभाव भएको अक्सिजन चाहिँ यी सहयोगले मात्र पूर्ति नहुने मन्त्रालयले जनाएको छ।

‘तर अहिलेको अवस्थामा सहयोग सामाग्री र हाम्रो व्यवस्थापनले केही सहज भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने। नेपालमा सबै प्रदेशमा अक्सिजन व्यवस्थापन पर्याप्त बनाउन सरकारले २ सयभन्दा माथि वेड भएका अस्पताललाई आफ्नै अक्सिजन पलान्ट र अक्सिजन ट्यांक राख्नको लागि सरकारले बजेट बिनियोजन गरेको र निर्माण गरेमा अस्पतालले पाउने मन्त्रालयका प्रवक्ता डा. गौतमको भनाइ छ। यसको लागि सरकारले ४ अर्व बजेट छुट्टयाइसकेको छ। स्थानीय निकायका ५ देखि १५ शय्या क्षमता भएका अस्पतालहरूको हकमा अक्सिजन कन्सनटेटर तथा अन्य वैकल्पिक व्यवस्थाबाट अक्सिजनको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ जेष्ठ २०७८ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App