८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

थाइल्यान्डका राजाले पठाए नेपाललाई स्वास्थ्य सामग्री

थाइल्यान्डका राजाले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाएका छन् । आइतबार राजा महा भजिरालोङकोर्नले स्वास्थ्य सामग्री बोकेर पठाएको विशेष जहाज राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको थियो ।

थाइल्याण्डमा बस्दै आएका नेपाली भिक्षु सुगन्धको पहलमा थाई राजपरिवारले नेपाललाई एक जहाज स्वास्थ्य सामग्री पठाएका थिए । नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए । थाइल्यान्डका राजाले सर्जिकल मास्क, पिपिपई सेट, फेस सिल्ड, र्‍यापिड एन्टिजेन टेष्ट किटर अक्सिमिटर स्वास्थ्य सामग्री पठाएका थिए । 

थाइल्यान्डका राजपरिवारले १० लाख थान सर्जिकल मास्क, ११ हजार ५२० थान पीपीई गाउन, १० हजार जोडी लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेसशिल्ड, २० हजार युनिट रेपिड एन्टिजेन युनिट, ६ सय थान अक्सिमिटर, १५ सय थान डिजिटल थर्मामिटर, एक हजार थान बोडिब्याग, ३० थान अक्सिजन नाजल र आठ थान अक्सिजन कसन्ट्रेन्टर नेपाल सरकारलाई सहयोग स्वरूप पठाएका थियो ।

यसअघि भिक्षु सुगन्धले सुझावअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले थाइल्यान्डका राजालाई सहयोगको लागि पत्राचार गरेको र सो पत्रपछि थाइल्यान्डका राजाले नेपाललाई सहयोग गरेको थिए । भिक्षु सुगन्ध बौद्ध दर्शनको महामुकुट बौद्ध विश्वविश्वविद्यालय बैंकक, थाइल्यान्डका रेक्टर हुन् । उनी महास्थवीर थाइल्यान्डको बौद्ध भिक्षु परम्परामा चौथो वरियताको देव पदको सम्मान पाउने पहिलो नेपाली भिक्षु हुन् ।

प्रकाशित: १७ जेष्ठ २०७८ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App