८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

स्वास्थ्य सामग्री भन्सार पास गर्न निर्देशन

अर्थमन्त्रीले सोमबार भर्चुअल माध्यमबाट भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक र विभिन्न भन्सार कार्यालयका प्रमुखलाई यो निर्देशन दिएका हुन्।

आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री

बैतडीको दशरथचन्द नगरपालिकाका वडाले सञ्चालन गरेका आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

देउवाले पठाए गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री पठाएका छन्।

बङ्गलादेशद्वारा औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण

बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।

अक्सिजनसहित स्वास्थ्य सामग्रीमा कर छुटको निर्णय

सरकारले अक्सिजनसहितका विभिन्न स्वास्थ्य साामग्रीमा कर छुट दिने भएको छ। स्वास्थ्य मन्त्रालयले कोभिड १९ को महामारीबाट संक्रमति बिरामीहरुको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजनलगायत विभिन्न १० स्वास्थ्य सामग्रीमा छुट दिने निर्णय भएको जनाएको छ।

चीनले पचास लाख युआन बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन्।

स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै

बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए। यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

१३३ विद्यालयका १८ हजार विद्यार्थीलाई स्वास्थ्य सामग्री

सम्भव नेपालले गोरखाको चारवटा गाउँपालिकाका एकसय ३३ सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले स्वास्थ्य सामग्री वितरण र जनचेतना अभियान चलाउने

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गणेशमान जयन्तीको अवसर पारेर यही कात्तिक २४ गतेदेखि पहिलो चरणमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा कोरोना लक्षित स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ।

भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ।

क्वारेन्टिन व्यवस्थापनका लागि नगरपालिकालाई १४ लाखको सामग्री

बालसेवा समाज नेपाल नेर्पा खोटाङले क्वारेन्टिन व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई १४ लाख बराबरको सामग्री प्रदान गरेको छ ।

रेडक्रस रोल्पाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल रेडक्रस सोसाईटी रोल्पाले जिल्लाका १० स्थानीय तहलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ। कोरोना संक्रमणबाट बच्नका लागि उपयोगी मानिएका मास्क, सेनिटाईजर, ग्लोब्स लगायतका सामाग्री वितरण गरिएको हो।

डिङ्जी काउन्टी सरकारले दिएका स्वास्थ्य सामग्री फुङ्लिङ आई पुग्यो

चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि उपलब्ध गराएको आरडिटी किटसहितका सबै स्वास्थ्य सामग्री फुङ्लिङ आई पुगेको छ ।

राणाबाट स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । अध्यक्ष राणाले सहयोगस्वरूप उपलब्ध गराएको स्वास्थ्य सामग्री सिन्धुपाल्चोकस्थित इलाका स्वास्थ्य कार्यालय, मेलम्चीलाई बुधबार हस्तान्तरण गरिएको छ ।

युएनएफपिएद्वारा कपिलवस्तु अस्पताललाई ३ लाखको स्वास्थ्य सामग्री

कपिलवस्तु अस्पतालालई ३ लाख मूल्यको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । युएनएफपिएले अस्पताललाई आकस्मिक रुपमा प्रयोग गरिने स्वास्थ्य सामग्री प्रदान गरेको हो । युनएनएफपीएका जिल्ला संयोजक चित्र महतोले सो सामग्री अस्पतालका मेसु किशोर बन्जाडेलाई हस्तान्तरण गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्