१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रेडक्रस रोल्पाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

सामग्री हस्तान्तरण कार्यक्रम। तस्बिर: दिनेश/ नागरिक

नेपाल रेडक्रस सोसाईटी रोल्पाले जिल्लाका १० स्थानीय तहलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ। कोरोना संक्रमणबाट बच्नका लागि उपयोगी मानिएका मास्क, सेनिटाईजर, ग्लोब्स लगायतका सामाग्री वितरण गरिएको हो।

रेडक्रस रोल्पाले क्वारेन्टिन र आईसोलेसन केन्द्रका लागि सुपानेट झुल, सौचालय सफा गर्नका लागि हर्पिक ब्रस समेत सहयोग गरेको जनाएको छ। रेडक्रस रोल्पा सभापपति डिबि घर्तीमगरका अनुसार प्रत्येक पालिकालाई १ हजार थानका दरले मास्क, १५ थान सेनिटाईजर, २ सय जोडी ग्लोब्स दिईएको छ।  

सोमबार एक अनौपचारिक कार्यक्रमका बीच रेडक्रस रोल्पा सभापपति डिबी घर्तीमगरले रोल्पा नगरपालिका प्रमुख पुर्ण केसीलाई सामग्री हस्तान्तरण गरेका छन्। सामग्री बुझ्दै नगर प्रमुख केसीले सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए।  रेडक्रसका अनुसार सबै पालिकालाई १ हजार थानका दरले मास्क, १५ थान सेनिटाईजर, २ सय जोडी ग्लोब्स दिईने छ।

प्रकाशित: १९ श्रावण २०७७ ११:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App