१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

वर्षाको कहर : आठ जिल्लामा ३९ जनाको मृत्यु, ११ जना बेपत्ता

अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यका सहित  ८ जिल्लामा ३९ जनाको मृत्यु भएको छ ।  

मृतकहरु मध्ये  काठमाडौँमा नौ, ललितपुरमा १६ , भक्तपुरमा ५ ,  काभ्रेपलाञ्चोक तीन, पाँचथर र धनकुटामा दुई–दुई, झापा र धादिङमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरी परिसरका अनुसार ललितपुरमा मात्रै ज्यान गुमाउने १६ जनाको शव फेला परेको छ । ललितपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी)नरहरि अधिकारीका अनुसार अझै ११ जनाको अवस्था अज्ञात छ ।

यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं जिल्लामा नौ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ ।  सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा  र्‍याफ्टिङ बोट परिचालन गरेको छ ।

सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए ।भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि  उपचारारत १८ जना अपाङ्गता भएका  बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । रासस

प्रकाशित: १२ आश्विन २०८१ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App