coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

युएनएफपिएद्वारा कपिलवस्तु अस्पताललाई ३ लाखको स्वास्थ्य सामग्री

कपिलवस्तु अस्पतालालई ३ लाख मूल्यको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । युएनएफपिएले अस्पताललाई आकस्मिक रुपमा प्रयोग गरिने स्वास्थ्य सामग्री प्रदान गरेको हो । युनएनएफपीएका जिल्ला संयोजक चित्र महतोले सो सामग्री अस्पतालका मेसु किशोर बन्जाडेलाई हस्तान्तरण गरेका थिए ।  

जवरजस्ती करणी घटनमा प्रयोग गरिने ५५ थान रेप किट, परिवार नियोजनका आकस्मिक साधनहरु तथा यौन रोगका किटहरु प्रदान गरिएको थियो । सो अवसरमा मेसु बन्जाडेले आकस्मिक रुपमा प्रयोग आउने सामग्र्रीले पीडीत र हिंसामा परकोहरुको जाँच र उपचारमा  सहयोगी हुने बताए । कार्यक्रम संयोजक महतोले लकडाउनका बेला महिला हिंसामा परेकाहरुरको स्वास्थ्य जाँच लगायतमा प्रयोग हुने गरी सो सामग्री उपलब्ध गराएको बताए । 

प्रकाशित: ९ असार २०७७ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App