coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

राणाबाट स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । अध्यक्ष राणाले सहयोगस्वरूप उपलब्ध गराएको स्वास्थ्य सामग्री सिन्धुपाल्चोकस्थित इलाका स्वास्थ्य कार्यालय, मेलम्चीलाई बुधबार हस्तान्तरण गरिएको छ ।

‘कोरोना महामारीले मानव जातिलाई नै आक्रान्त तुल्याएको छ । यसै क्रममा सिन्धुपाल्चोक जिल्लामा समेत कोरोना संक्रमणको दर बढ्दो छ । यस अवस्थामा सफा सुग्घर रहने, सामाजिक दूरी कायम गर्ने लगायत सबै किसिमका सावधानी अपनाउन, सजग र सुरक्षित रहन सिन्धुपाल्चोकवासीलाई म आह्वान र अनुरोध गर्दछु,’ सामग्री गर्ने हस्तान्तरण गर्ने क्रममा राणाले भने ।

राणाले पिपिई सेट, सर्जिकल मास्क, एन ९५ मास्क, ह्यान्ड स्यानिटाइजर, गगल्स, फेस सिल्ड, बुट कभर, परीक्षण पन्जालगायत स्वास्थय सामग्री उपलब्ध गराएका हुन् ।

राप्रपाका जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष र अन्य नेतामार्फत इलाका स्वास्थ्य कार्यालय प्रमुखलाई सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।

प्रकाशित: १० असार २०७७ ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App