२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

१३३ विद्यालयका १८ हजार विद्यार्थीलाई स्वास्थ्य सामग्री

विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै । तस्विर ः नागरिक

सम्भव नेपालले गोरखाको चारवटा गाउँपालिकाका एकसय ३३ सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ को प्रभावका बीच विद्यालय संचालन हुने क्रम सुरु भएकाले शिक्षक र विद्यार्थीलाई सुरक्षित राख्नका लागि सघाउनेगरि मास्क, साबुन, थर्मलगन सहयोग गरिएको सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले बताए ।  

उत्तरी गोरखाको चुमनुब्री, धार्चे, आरुघाट र भिमसेन थापा गाउँपालिकाका ती विद्यालयका शिक्षक र विद्यार्थी गरि १८ हजार पाँचसय ५४ जनाका लागि सामाग्री सहयोग गरिएको हो । अन्य स्थानीय तहमा यसअघि नै ती सामाग्री वितरण गरेको सम्भव नेपालले भिमसेन थापा गाउँपालिकामा भने बुधवार मात्र बाँडेका छन् । सबैगरि एकसय ४० थान थर्मल गन, २२ हजार दुईसय ४० थान साबुन, ५६ हजार सातसय ६६ थान कटन मास्क उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए ।  

चारवटा गाउँपालिकामा उक्त सामाग्री बितरण गर्न २४ लाख रुपैयाँ खर्च भएको उनले बताए । ‘गाउँपालिका र विद्यालयको माग अनुसार विद्यार्थी संख्याको तथ्यांक लिएर हामीले सहयोग गरेका हौं,’ अध्यक्ष खत्रीले भने ‘एउटा विद्यार्थीलाई तीनवटा मास्क र छ महिना विद्यालयलाई पुग्ने साबुन उपलब्ध गराएका छौं ।’  

गोरखाको भिमसेन थापा गाउँपालिका घ्याम्पेसालको दुल्लभ माध्यामिक विद्यालय, मनकामना आधारभुत र बिन्द्राबती माविलाई स्वास्थ्य र सरसफाईका सामग्री बितरण गरिएको हो । अन्य विद्यालयका लागि भने गाउँपालिकालाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्री हस्तान्तरण अभियानका सहयोगी उत्तम अधिकारीले बताए । भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, उपाध्यक्ष बिनु वाग्ले, सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्री बितरण गरेका हुन् । 

प्रकाशित: ८ माघ २०७७ ०६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App