९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

कोरियाबाट सवा दुई करोडको स्वास्थ्य सामग्री

नेपाली श्रमिकको आकर्षक गन्तव्य मानिँदै आएको दक्षिण कोरियाले नेपाललाई दुई लाख अमेरिकी डलर (करिब दुई करोड २५ लाख रूपैयाँ) बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।  

काठमाडौंस्थित कोरियाली राजदूताबासका अनुसार कोरियाली सरकारले उपलब्ध गराएको आरटी पिसिआर किट (पूर्ण सेट) कोरोना महामारी नियन्त्रणमा सहयोग पु¥याउन अन्र्तराष्ट्रिय विकास साझेदार संस्था कोइकामार्फत नेपाललाई हस्तान्तरण गरिएको हो।  

दूताबासले जारी गरेको विज्ञप्तिमा परीक्षण किटबाट १७ हजार सात सय ६० को पिसिआर परीक्षण गर्न सकिनेछ। कोरियाली राजदूत पार्क छङसुकले ती सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य समन्वय विभाग प्रमुख डा. रोशन पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका थिए।  

यसअघि कोरिया सरकारले कोरोना माहामारीविरुद्ध लड्न ४० हजार पिसिआर र कोइकामार्फत ७५ हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री विभिन्न अस्पताललाई उपलब्ध गराएको थियो।

प्रकाशित: २३ जेष्ठ २०७८ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App