२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा स्वास्थ्य सामग्री वितरण गर्दै सुआहारा

ताप्लेजुङलाई कार्यक्षेत्र बनाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले कोरोना संक्रमण महामारीविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पालिकागत रुपमा वितरण गर्न थालेका छन्। वातावरण संरक्षण तथा विकास मञ्चमार्फत अमेरिकी सहयोग विकास नियोग(युएसएआइडी)को आर्थिक सहयोगमा जिल्लाभरका सबै पालिकामा कार्यरत स्वास्थ्यकर्मीका लागि फेस सिल्ड, मास्क र सेनिटाइजर वितरण गरिएको हो।  

सुआहारा कार्यक्रम–२ अन्तर्गत यि स्वास्थ्य सामग्री वितरण गरिएको सुआहारा कार्यक्रम जिल्ला संयोजक मनप्रसाद नाल्बोले जानकारी दिए। उनका अनुसार आठराइ त्रिबेणी, मिक्वाखोला, पाथीभरा याङ्वरक र सिदिङ्वा गाउँपालिकालाई ४–४ सय थान, मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकालाई ६–६ सय थान तथा फुङ्लिङ नगरपालिका र मेरिङ्देन, सिरिजङ्घा गाउँपालिकाका स्वास्थ्यकर्मीलाई प्रयोग हुने गरी ८–८ सय थान फेस सिल्ड वितरण गरिएको नाल्बोले जानकारी दिए।  

यस्तै जिल्ला भरका ९ वटै स्थानीय तहमा कार्यरत ८ सय ५० जना महिला स्वास्थ्य स्वयंसेविकाका लागि दुईपटक १–१ थान सेनिटाइजर र ५–५ थान मास्क समेत वितरण गरिएको सुआहारा कार्यक्रम–२ अन्तर्गत जिल्ला कार्यक्रम संयोजक नाल्बोले जानकारी दिए। सुआहारा कार्यक्रमले पालिका–पालिकामै पुगेर पनि ति स्वास्थ्य सामग्री वितरण गरेको समेत नाल्बोले जानकारी दिए। 

उनका अनुसार सुआहारा कार्यक्रमका प्रदेश १ संयोजक सुवास गौतमले सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष ज्ञानमाया चौहान र प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेलेलाई फेस सिण्डसहितका स्वास्थ्य सामग्री वितरण गरेका थिए।

प्रकाशित: ७ जेष्ठ २०७८ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App