९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

जोखिममा रिपोर्टिङ गर्ने पत्रकारलाई स्वास्थ्य सामग्री

नेपाल प्रेस युनियन बाँकेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै समाजसेवी विवेक राजभण्डारी । तस्बिर: नागरिक

नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना महामारीको उच्च जोखिममा रहेका बाँकेका पत्रकारका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ। समाजसेवी एवम् युवा ब्यवसायी विवेक राजभण्डारीले पत्रकारका लागि मास्क र सेनिटाइजर सहयोग गरेका हुन्। समाजसेवी राजभण्डारीले नेपाल प्रेस युनियन बाँकेलाई मंगलबार एक सय थान ‘एन–९५’ मास्क र ४० थान ह्याण्ड सेनिटाइजर हस्तान्तरण गरे।  

समाजसेवी राजभण्डारीले यसअघि पत्रकार महासंघ बाँकेलाई पनि मास्क र सेनिटाइजर सहयोग गरेका थिए। महामारीमा जोखिम मोलेर पत्रकारले समाचार संकलन गरिरहेकाले स्वास्थ्य सामग्री सहयोग गरेको उनले बताए। ‘महामारीमा जोखिम मोलेर पत्रकारले आफ्नो पेशागत दायित्व निभाईरहेका छन्, तर सरकारी निकायबाट पत्रकारलाई कतै सहयोग गरेको सुनिँदैन,’ राजभण्डारीले भने, ‘कोरोना महामारीको हटस्पट भएको बाँकेका पत्रकारलाई मैले स्वास्थ्य सामग्री सहयोग गरेको हुँ।’ उनले महामारीको जोखिममा रहेका सञ्चारकर्मी तथा सुरक्षाकर्मीलाई ब्यक्तिगत रुपमा स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन्।  

प्रेस युनियनलाई केही दिनअघि कांग्रेस बाँकेले पनि स्वास्थ्य सामग्री सहयोग गरेको थियो। सहयोग स्वरुप प्राप्त भएको सबै स्वास्थ्य सामग्रीलाई कोरोना महामारीमा जोखिम मोलेर फिल्डमा खटिएर काम गरिरहेका बाँकेका पत्रकारहरुलाई वितरण गरिने प्रेस युनियन बाँकेका सचिव विजय मल्लले बताए।

प्रकाशित: ४ जेष्ठ २०७८ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App