९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

आइएमई फाउण्डेसनद्वारा तीन करोडका स्वास्थ्य सामग्री प्रदान

कोभिड १९को कारण मुलुकभर विरामीको उपचारमा कठिनाइ भैरहेको अवस्थामा आइएमई फाउन्डेसनले कोभिडको रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सरकारलाई प्रदान गरेको छ ।  

आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई सामग्री हस्तान्तरण गरेका छन् ।

फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल,सेती प्रादेशिक अस्पताल, धनगढी र निजामती कर्मचारी अस्पताल (सिभिल), काठमाडौंलाई २० थानका दरले ८० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।  

त्यसैगरी, फाउन्डेसनले जनता स्वास्थ्य केन्द्रद्वारा सन्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब एक करोड २८ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट स्थापनामा सघाउने भएको छ । प्लान्ट अर्डर गरिसकेको आइएमई फाउण्डेसनका राजु पौडेलले जानकारी दिए ।

आइएमईले वैदेशिक रोजगारीमा रहँदा कोभिडको कारण मृत्यु भएको नेपालीका घरपरिवारलाई सहयोग गरेको थियो । आइएमईले स्थापना गरेको ‘भरोसा कोष’ मार्फत एक सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति  ५८ हजारका दरले करिव राहत उपलब्ध गराएको थियो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदल, विभिन्न समयमा मुलुकमा आइपर्ने स्वास्थ्य तथा प्राकृतिक प्रकोपमा सहयोग गर्दै आएको छ ।

प्रकाशित: १८ जेष्ठ २०७८ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App