९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

विदेशमा रहेका गोर्खालीद्वारा जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

कामको शिलशिलामा जन्मथलो छाडेर बिदेशमा कर्मथलो बनाएका गोर्खालीहरुले गृह जिल्लामा कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका लागि स्वास्थ्य सामग्री पठाएका छन् ।  

ग्लोबल गोरखा समाज र गोरखा सामाज जापानको अगुवाईमा यहाँका ११ वटा स्थानीय तहलाई आठ लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री शनिवार सदरमुकामबाट हस्तान्तरण गरिएको हो ।  

एन्जिटिन किट ४० वटा देखि ७५ वटा सम्म, अक्सिमिटर २० देखि ३० वटा र मास्क पाँच हजारदेखि आठ हजार थान वितरण गरिएको ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले बताए। ‘हामीले कोरोना संक्रिमत धेरै भएको पालिकामा धेरै र कम भएको पालिकामा कम दिएका छौँ’, उनले भने। आवश्यकताका आधारमा वितरण गरिएको उनले बताए ।  

गोरखामा कोरोना संक्रमण दर ह्वातै बढेकाले जिल्लावासीलाई परेको समस्यामा केही मलम लगाउन विदेशबाट सहयोग जुटाइएको ग्लोबल गोरखा समाजका नेपाल संयोजक बिनोद पोखरेलले बताए। उक्त सहयोग जुटाउन गोरखा समाज जापानका अध्यक्ष सिएम भट्टराई र उपाध्यक्ष एवं अर्थ संकलन संयोजक मनिष आमात्यले मुख्य भूमिका रहेको उनले बताए।

शनिवार गोरखा नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच उक्त स्वास्थ्य सामग्री पालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले विदेशमा रहेर पनि स्थानीय सरकारलाई सहयोग गर्ने, साँझेदारी गर्ने काम सर्‍हानीय भएको भन्दै प्रशंसा ब्यक्त गरे। कोरोनाको महामारीसँग जुध्न सबैको सहकार्यबाट मात्र संभव रहेको बताउँदै उनले विदेशमा रहेका गोर्खालीहरुले जस्तै सामाजिक भाव राखेर अघि बढ्न, सहकार्य गर्न अन्य संघ संस्थालाई पनि अनुरोध गरे ।  

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले कोभिड १९ को बढ्दो संक्रमण र स्रोत साधन अभाव भईरहेका बेला विदेशबाट गोर्खालीहरुले पठाएको सहयोग निकै उपयोगी भएको बताए । ‘पालिकाले आवश्यकताका आधारमा वितरण गर्छन्,’ उनले भने, ‘यसले कोरोना रोकथाम र न्यूनिकरणमा केही मद्धत पुग्ने छ।’  

ग्लोबल समाज गोरखाले बिभिन्न देशमा रहेका गोर्खालीसँगको सहयोगमा थप सहयोग संकलन गरिरहेको जनाएको छ।

प्रकाशित: ८ जेष्ठ २०७८ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App