१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

पाल्पा अस्पतालमा पिसिआर प्रयोगशाला सञ्चालन हुने

कोभिड –१९ को जाँच आरटी– पिसिआर विधिबाट गर्न पाल्पा अस्पतालमा प्रयोगशाला सञ्चालन हुने भएको छ।

प्रयोगशालामा २५ सय बढी ‘स्याम्पल’ थुप्रिए

कोरोनाको संक्रमण बढ्दै जाँदा यहाँको प्रयोगशालामा परीक्षणका लागि ल्याइएको स्वाबको ‘स्याम्पल’ को थुप्रो लागेको छ । गण्डकी प्रदेशमा अहिलेसम्म पोखरामा मात्र प्रयोगशाला छ ।

पिसिआर प्रयोगशाला बनाउन दबाव

तीन महिना अघि सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा कोरोना परीक्षण गर्न पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरे पनि हालसम्म कार्यान्वयन नभएपछि दबाव दिन समिति गठन गरिएकोे छ । गत चैत १५ गतेको मन्त्रिपरिषद्को बैठकले धनगढी, बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । धनगढीमा प्रयोगशाला भए पनि बैतडी र डोटीमा अझै प्रयोगशाला स्थापना हुन सकेको छैन ।

पर्वतका स्थानीय तहद्वारा ७०० भिटिएम खरिद

भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या बढेपछि कोरोना परीक्षणको दायरा बढाउन पर्वतका स्थानीय तहले भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) खरिद गरेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको छ। प्रयोगशालाले आइएसओ १५१८९ चिन्ह प्राप्त गरेको हो।

उहान ल्याबका प्रमुख भन्छन्– हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन

कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गरेका छन्।

पीसीआर ल्याब स्थापनाको काम अघि बढेन

जिल्ला अस्पताल बैतडीमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब स्थापना गर्ने भनिए पनि त्यसको काम अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा बैतडीमा तत्कालै प्रयोगशाला स्थापना गर्ने भनेको भए पनि अहिलेसम्म कुनै तयारी नभएको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले बताए ।

किट नहुँदा चितवनको प्रयोगशाला बन्द

कोरोना भाईरस (कोभिड–१९) को जाँचलाई तीव्र बनाउन चितवनमा स्थापना गरिएको कोभिड–१९ परीक्षण प्रयोगशाला किट अभावका कारण विगत एक हप्तादेखि बन्द अवस्थामा रहेको छ।

प्रदेश प्रयोगशालामै छैन किट, कोरोना परीक्षण रोकियो

कोभिड-१९ बाट बच्न परीक्षणको गती बढाउनु पर्ने जनस्वास्थ्यका विज्ञहरुले बताइरहदा प्रदेश नं. ५ मा भने प्रदेश प्रयोगशालामै पिसीआर जाँच रोकिएको छ । रुपन्देहीको भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसीआर टेष्टका लागि आवश्यक पर्ने आरएनए एक्स्ट्रयाक्सन किट नहुँदा कोभिड १९ को परीक्षण रोकिएको हो ।

लकडाउनको एक महिना पुग्दा बल्ल कोरोना परीक्षण प्रयोगशालाका लागि अध्ययन थालियो

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा संक्रमण फैलन नदिन गरिएको लकडाउनको एक महिना पुग्दा डडेल्धुरामा परिक्षणका लागी प्रयोगशाला स्थापना गर्न बल्ल अध्ययन थालिएको छ । सुदूरपश्चिम प्रदेशको मध्यभागमा रहेको डडेल्धुरामा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि अध्ययन सुरु भएको हो ।

के चीनकाे प्रयोगशालाबाट बाहिरिएको हो कोरोना भाइरस ?

विश्वभर अहिले कोरोना भाइरस कसरी र कहाँबाट आयो भनि विभिन्न किसिमका मान्यताहरुको विकास भइरहेको छ। केहि अनुसन्धानकर्ताले यो भाइरस जनावरबाट मानिसमा सरेको दावी गरिरहेका छन्। तर, कुन जनावरबाट ? यसलाई लिएर अहिलेसम्म भने कोहि पनि निचोडमा पुगिसकेका छैनन्।

र्‍यापिड टेस्ट गर्न नमुना संकलन

र्‍यापिड टेस्ट किटको विश्वासनीयता मापन गर्न नमुना संकलन गरिएको हो। संकलित नमुना -यापिड टेस्ट किट र पिसिआर मेसिन दुवैमा परीक्षण गरिनेछ। रिपोर्ट मिलेमा सो किटबाट मास र्‍यापिड टेस्ट गरिनेछ।

भरतपुरको प्रयोगशालामा परीक्षण गरिएको २१ नमूना नेगेटिभ

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्