७ वैशाख २०८१ शुक्रबार
समाज

र्‍यापिड टेस्ट गर्न नमुना संकलन

अर्जुन ओली/दिलबहादुर छत्याल
धनगढी  - कोरोना भाइरस र्‍यापिड टेस्ट किटको विश्वासनीयता मापन गर्न  मंगलबार कैलाली र कन्चनपुरमा नमुना संकलन गरिएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभएको भन्दै र्‍यापिड टेस्ट किटको गुणस्तरमा प्रश्न उठेका बेला विश्वासनीयता मापन गर्न रगत र स्वाबको नमुना संकन थालेको हो।

विभिन्न क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूबाट संकलित नमुना ¥यापिड टेस्ट किट र पिसिआर मेसिन दुवैमा परीक्षण गरिनेछ। दुवै टेस्टबाट आउने रिपोर्ट मिलेमा मास र्‍यापिड टेस्ट गरिनेछ। 
 
नमुना संकलन र परीक्षणका लागि केन्द्रबाट तीन÷तीन जनाको टोली कैलाली र कन्चनपुरमा आएको छ। केन्द्रको टोलीमा यहाँबाट दुई÷दुईजना प्राविधिक थपिएको र पाँच/पाँचजनाको टोलीले नमुना संकलन गरिराखेको जानकारी प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताएका छन। ‘कैलालीबाट एक सय र कन्चनपुरबाट एक सय नमुना संकललन गरिनेछ’, जोशीले भने।

कन्चनपुरमा खटिएको टोलीले गोदावरी नगरपालिका तेघरी ब्यारेक क्वारेन्टाइन र बैजनाथ मावि क्वारेन्टाइनबाट नुमना संकलन गरिरहेको  छ। कैलालीमा खटिएको टोली पनि विभिन्न क्वारेन्टनाइनमा पुगेर नमुना संकलनमा लागेको छ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले मंगलबार संकलन भएका नमुना नेपाली सेनाको स्काई ट्रकबाट पठाइने र थप नमुना बुधबार संकलन गरी पठाइने बताए। टोलीले रगत र घाँटीको र्‍याल दुवै संकलन गरेको छ। संकलित नमुना र्‍यापिड टेस्ट र पिसिआर मेसिन दुवैमा परीक्षण गरिनेछ। -यापिड टेस्टका लागि रगत र पिसिआरका लागि घाँटीका -याल (स्वाब) संकलन गरिएको हो। -यापिड टेष्ट किटले सरदर आधा घण्टामै कोरोना संक्रमण भएनभएको नतिजा दिन्छ। 

र्‍यापिड टेस्ट किटको विश्वासनीयता मापन गर्न नमुना संकलन गरिएको हो। संकलित नमुना -यापिड टेस्ट किट र पिसिआर मेसिन दुवैमा परीक्षण गरिनेछ। रिपोर्ट मिलेमा सो किटबाट मास र्‍यापिड टेस्ट गरिनेछ। 
 

चीनबाट हालै ल्याइएका किटको विश्वासनीयता परीक्षण गर्न ¥यापिड टेस्ट गर्न लागिएको हो। कैलाली र कन्चनपुरमा -यापिड टेस्ट गर्न पाँच हजार किट ल्याइएको छ।  करिब २ सय नमुनाको दोहोरो  जाँच गरी गुणस्तर विश्वसनीयता प्रमाणित गरेपछि मात्रै मासमा -यापिड टेस्ट गरिने कार्कीले बताए। ‘-यापिड टेस्ट र पिसिआर टेस्टबाट आउने रिपोर्ट मिलेमा मास -यापिड टेस्ट गरिने भनिएको छ’, उनले भने।

विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयकै केही अधिकारीले ¥यापिड टेस्ट किटको विश्वासनीयतामाथि शंका गरिरहेका छन्। सरकारले ती किटको विश्वासनीयता मापन गरी कैलाली, कन्चनपुर र बाग्लुङमा ¥यापिड टेस्ट गर्ने तयारी गरेको छ।

सुदूरपश्चिमका कैलाली र कन्चनपुरमा गरी चारजनामा कोरोना संक्रमण भएको छ। चारैजनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै बाग्लुङमा दुईजनामा संक्रमण भएको छ। उनीहरूको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ। अन्य संक्रमित दुईको काठमाडौंमा उपचार भइरहेको छ। एक संक्रमित उपचारपछि निको भएका छन्।

प्रकाशित: २६ चैत्र २०७६ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App