८ वैशाख २०८१ शनिबार
समाज

पीसीआर ल्याब स्थापनाको काम अघि बढेन

जिल्ला अस्पाताल बैतडी । तस्बरः नागरिक

जिल्ला अस्पताल बैतडीमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब स्थापना गर्ने भनिए पनि त्यसको काम अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा बैतडीमा तत्कालै प्रयोगशाला स्थापना गर्ने भनेको भए पनि अहिलेसम्म कुनै तयारी नभएको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले बताए ।

ल्याब स्थापनाका लागि सम्भाव्यता अध्ययन भएको एक महिना बढी भइसकेको भए पनि प्रयोगशाला स्थापनाका लागि कुनै तयारी भएको छैन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिष्ट डा. श्रवणकुमार मिश्रको टोलीले गत वैशाख ५ गते जिल्ला अस्पतालमा पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको थियो । त्यसपछि प्रयोगशाला स्थापनाका विषयमा प्रदेश सरकारबाट कुनै निर्देशन प्राप्त नभएको जिल्ला अस्पतालका प्रमुख डा. जोशीले बताए ।

कोरोना महामारीलाई लक्षित गरी प्रयोगशाला स्थापना गर्ने भनिए पनि चालु आर्थिक वर्षमा प्रयोगशाला स्थापनाको काम अघि बढ्ने अवस्था नरहेको बताइएको छ । ल्याब स्थापना भए जिल्लामै सहज रुपमा कोरोना परीक्षण गर्न सकिने स्वास्थ्यकर्मी बताउँछन् । पहिलोपटक बैतडीमा कोरोना संक्रमित भेटिएपछि ल्याब स्थापना लागि पहल थाल्न स्थानीयले माग गरेका छन् ।

 

 

 

प्रकाशित: १० जेष्ठ २०७७ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App