नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मंसिर १६ मा हुने उपचुनावलाई भ्रष्टाचारको पक्ष र विपक्षको जनमत संग्रह भनेका छन् ।
बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा दाहालले यस्तो बताएका हुन् ।
'यो उपचुनाव हेर्दा उपचुनाव मात्रै भएपनि यथार्थमा भ्रष्टाचारको पक्ष र विपक्षको जनमत संग्रह हो,' दाहालले भने, 'मलाई पूरै विश्वास छ, नेपाली जनता भ्रष्टाचारको विपक्षमा छ । सुशासनको पक्षमा छ ।'
उनले माओवादी केन्द्रका उम्मेदवार डा. शिवशरण महर्जनलाई जिताउनका लागि कीर्तिपुरवासीलाई आह्वानसमेत गरेका छन् ।
प्रकाशित: १३ मंसिर २०८१ १६:३३ बिहीबार