७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको छ। प्रयोगशालाले आइएसओ १५१८९ चिन्ह प्राप्त गरेको हो। अन्तराष्ट्रिय गुणस्तर प्रमाणिकरण दिवसको अवसरमा नेपालस्थित गुणस्तर मापन शाखाले कार्यालयले  मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झालाई हस्तान्तरण गरेको हो। प्रमाणपत्र अन्तराष्ट्रिय गुणस्तर मापन शाखा कार्यालयका  नेपाल प्रतिनिधी डा.सीताराम जोशीले प्रदान  गरेका हुन्।  

यो प्रमाणपत्रसंगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको ल्याव, कार्यशैली र रिपोर्ट समेत अन्तराष्ट्रिय तहको गुणस्तर भएको प्रमाणित भएको प्रयोगशालाले जनाएको छ। यो प्रयोगशालाले आइएओमा एक वर्षअघि अन्तराष्ट्रिय गुणस्तर मान्यता प्राप्तिको लागि निवेदन दिएको थियो भने नेपाल एइआरएसएसटीले तीन÷चार पटक प्रयोगशालाको कार्यशैली रिपोर्ट तथा सम्पुर्ण व्यवस्थापन पक्षको अवलोकन गर्ने प्रक्रिया पुरा गरेको थियो। ‘ तीन÷चार पटक आएर हाम्रो सम्पूर्ण काम तथा गुणस्तर हेरेपछि मात्र यो मान्यता दिएको हो,वेला–बखत हाम्रो कमजोरी पनि देखाउनु हुन्थ्यो’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी गुणस्तर नियमन शाखाकी प्रमुख लिली श्रेष्ठले भनिन्। 

प्रकाशित: २७ जेष्ठ २०७७ ०५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App