८ वैशाख २०८१ शनिबार
पुष्कर भण्डारी


पुष्कर भण्डारीका लेखहरु :

डडेल्धुरामा कांग्रेसको आपतकालिन भोजन चुलो

लकडाउनका बेला समस्यामा परेका लाई खाना खुवाउन नेपाली कांग्रेस डडेल्धुराले आपतकालिन भोजन चुलो सञ्चालन गरेको छ ।

अप्राकृतिक मैथुन आरोपमा फारार अभियुक्त चार महिनापछि पक्राउ

अप्राकृतिक मैथुन गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । एक स्थानीय पुरुषलाई नै अप्राकृतिक मैथुन गरि फरार रहेको एक जना पुरुषलाई प्रहरीले चार महिनापछि पक्राउ गरेको हो ।

लकडाउनका कारण समस्यामा परेकाहरुको सारथी बने प्रकाश साउद

लकडाउनका कारण समस्या परेका जो कसैको जस्तो सुकै समस्यामा पनि सहयोग गर्दै प्रकाश साउद समस्यामा परेकाहरुको सारथी बनेका छन् । लकडाउनको सुरुवातदेखि नै समस्या परेकाहरुलाई सहयोग गर्दै आईरहेको नाम हो, प्रकाश साउद । नेपाल चेम्बर अफ कमर्सका सुदूरपश्चिम संयोजक तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष साउदले लकडाउनको सुरुवातमै आफ्नो नाम र नम्बर लेखिएको फ्ल्याक्समा समस्या परे सम्पर्क गर्नु होला भनेर डडेल्धुराका चोकमा झुण्ड्याएका थिए ।

७० क्विन्टल चामलसँगै राहत बाँड्दै नेपाली कांग्रेस डडेल्धुरा

लकडाउनका बेला मारमा परेका स्थानीयलाई नेपाली कांग्रेस डडेल्धुराले राहत बाँड्न सुरु गरेको छ । स्थानीय सरकार मार्फत नेपाली कांग्रेस डडेल्धुराले समस्यामा परेकाहरुलाई राहत बाँड्न थालेको हो । कांग्रेसले यहाँका सातवटै सथानीय तहलाई ७० क्विन्टल चामलसँगै दाल र नुन बाँड्ने जनाएको छ ।

लकडाउनमा काठ तस्कर बढेपछि गस्ती पेट्रोलिंग गर्दै वन कार्यालय

लकडाउनको समयमा वन अतिक्रमणसंगै अवैध काठ कटान गरि तस्करी मौलाएपछि डिभिजनल वन कार्यालय डडेल्धुराले गस्ती पेट्रोलिंग गरिरहेको जनाएको छ । लकडाउनका समयमा चुरे र महाभारत वन क्षेत्रमा स्थानीयहरुले जंगल फडानी गरि जमिन अतिक्रमण गरिरहेका छन् । उनीहरुले मुख्य गरि सालका रुख कटान गरि तस्कर गरिरहेका छन् ।

लकडाउनका बेला चुरे वन क्षेत्रमा अवैध काठ कटानी मौलायो

कुनै समय काठ कटानीमा वदनामी कमाएको डडेल्धुराको चुरे क्षेत्रमा लकडाउनको मौका छोपेर अवैध सालका रुखकको कटानी फेरी सुरु भएको छ । लकडाउनका समयमा वन कर्मचारीसहित स्थानीयहरुको समेत आवतजावत बन्द नै भएको मौका छोपी चुरे क्षेत्रको परशुराम नगरपालीकामा पर्ने राष्ट्रिय वनदेखि सामुदायिक वनमा सालका रुख काट्ने क्रम बढेको हो ।

महाभारतमा पाटेबाघ देखिएपछि दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिदै

डडेल्धुराको लाईफलाईन रहेको महाभारत वन क्षेत्रमा दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिन लागेको छ । पहिलो पटक महाभारत वन क्षेत्रको दुई हजार पाँच सय मिटरको उचाइमा पाटेबाघको ईमेज ट्याप भएपछी दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिन लागेको डिभिजनल वन कार्यालय डडेल्धुराले जनायो । महाभारत वन क्षेत्रको भागेश्वर करिडोरमा यसअघि हालसम्मकै उचाईमा पाटेबाघको ईमेज ट्याप भएको थियो ।

लकडाउनको एक महिना पुग्दा बल्ल कोरोना परीक्षण प्रयोगशालाका लागि अध्ययन थालियो

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा संक्रमण फैलन नदिन गरिएको लकडाउनको एक महिना पुग्दा डडेल्धुरामा परिक्षणका लागी प्रयोगशाला स्थापना गर्न बल्ल अध्ययन थालिएको छ । सुदूरपश्चिम प्रदेशको मध्यभागमा रहेको डडेल्धुरामा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि अध्ययन सुरु भएको हो ।

भागेश्वरका सबै वडामा १५ प्रतिशत सहुलियतमा पसल सञ्चालन

लकडाउनका समयमा डडेल्धुराको भागेश्वर गाउँपालिकाका सबै वडामा सहुलियत पसल संचालन गरिएका छन् । १५ प्रतिशत सहुलियतमा खाद्यान्न वस्तु उपलब्ध गर्न पाँच वटै वडामा सहुलियत पसल संचालन गरिएका हुन । लकडाउनका समयमा स्थानीयले सस्तो भाउमा खाद्यान्न उपभोग गर्न पाउन भन्ने उद्देश्यले सहुलियतमा चामल, दाल, नुन र तेलको बिक्री वितरण थालिएको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन् ।

लकडाउनको समयमा पनि पुल निर्माणको काम जारी

निर्माण कार्य सक्ने सम्झौताअघि नै काम सक्ने गरी लकडाउनकै समयमा पुल निर्माणको काम जारी छ । लकडाउनका कारण देश भरीका अधिकांश विकास निर्माणका काम ठप्प रहेका समयमा डडेल्धुरामा भने पुल निर्माण कार्य जारी छ । कोरोना भाइरसको संत्रासका बीचमा पनि पुल निर्माणको काम जारी रहेको हो ।

लकडाउनमा खेतीपाती गर्न व्यस्त किसान

कोरोनाको संक्रमणबाट बच्न घोषणा गरिएको लकडाउनमा डडेल्धुराका किसानहरु खेतीपातिमा व्यस्त भएका छन । बाहिर रहेकाहरु पनि लकडाउनमा घर फर्किएपछि गाउँलेहरु अहिले हिउदे अन्न बालि चित्र्याउनुका साथै तरकारी, सागपात रबर्खे खेती गर्न थालेका छन् ।

देउवाको गृह पालिका गन्यापधुराले दोस्रो चरणमा राहत वितरण गर्दै

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाले निम्नस्तरका गाउँपालिकावासीलाई दोस्रो चरणमा राहत वितरण गर्ने भएको छ ।

लकडाउनमा वन अतिक्रमण गरि बनाइएका टहरा आगो लगाई नष्ट गरियो

कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरिएका बेला डडेल्धुरामा भने वन अतिक्रमण गर्नेका टहरा भत्काई आगो लगाइएको छ। लकडाउनको मौका छोपि राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका छाप्रा टहरा भत्काई आगो लगाइएको डिभिजनल वन कार्यालय डडेल्धुराले जनायो।

अमरगढीका एक स्थानीयले गरे वडा कार्यालयको राहत फिर्ता

अमरगढी नगरपालिका वडा नं. ५ एक स्थानीयले राहत फिर्ता गरेका छन्। राहत वितरणमा देखिएको बेथितिलाई दृष्टिगत गर्दै आफू त्यो स्थितिमा अहिले नै नआईसकेको भन्दै फिर्ता गरेका हुन। वडा नं. ५ ले वितरण गरेको राहत सामग्री कुपन वडा नं. ५ कै स्थानीय करुणाकर अवस्थीले सम्बन्धित वडालाई फिर्ता गरेका हुन।

पहिलो पटक एक सय ९० जनाको स्वाब काठमाडौ पठाइयो

स्थानीय सरकारले बनाएका विभिन्न क्वारेन्टाइनमा रहेकाहरु एवं कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखा परेकाहरुको परीक्षणका लागि ‘थ्रोट स्वाब’ नमुना संकलन गरिएको छ। बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वाब संकलन गरिने उपकरण (भिटिएम)डडेल्धुरा ल्याईएपछि स्वाब संकलन गरि परीक्षणका लागि धनगढी हुँदै काठमाडौ पठाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्