१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महाभारतमा पाटेबाघ देखिएपछि दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिदै

डडेल्धुरा- डडेल्धुराको लाईफलाईन रहेको महाभारत वन क्षेत्रमा दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिन लागेको छ । पहिलो पटक महाभारत वन क्षेत्रको दुई हजार पाँच सय मिटरको उचाइमा पाटेबाघको ईमेज ट्याप भएपछी दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिन लागेको डिभिजनल वन कार्यालय डडेल्धुराले जनायो । महाभारत वन क्षेत्रको भागेश्वर करिडोरमा यसअघि हालसम्मकै उचाईमा पाटेबाघको ईमेज ट्याप भएको थियो ।

भागेश्वर करिडोरमा पाटेबाघ लगाएत अन्य वन्यजन्तुको उपस्थितिको दोश्रो चरणको अध्ययन गर्न ३० जोडी क्यामेरा जडान गरिने भएको छ । डिभिजनल वन अधिकृत बिष्णुप्रसाद आयाचार्यले भने, यस पटकको अध्ययन परशुरामधाम सब डिभिजन अन्तर्गत पर्ने  वनक्षेत्र (महाकाली नदीको किनारासम्म र साबिकको शिर्ष गाविस) र भागेश्वर सब डिभिजन अन्तर्गतको रुपाल क्षेत्रसम्म गरिने छ ।

तराइ तथा भू परिधि कार्यक्रम, विश्व वन्यजन्तु कोष र डिभिजन बन कार्यालय डडेल्धुराको आयोजनामा क्यामेरा ट्«यापिङ्ग गरिन लागेको हो ।यस कार्यका लागि बन कार्यालयबाट पाँच जना सहयोगी र तराइ तथा भू परिधि आयोजनाबाट पाँच जना गरि १० जनाको प्राबिधिक जनशक्ति क्यामेरा ट्यापिङ्गका लागि खटाइएको छ ।

बैसाख १२ गतेदेखि एक महिनाको लागि राखिने क्यामेरा ट्यापिङ्गलाई सहयोग गर्न स्थानीय सरकारका प्रतिनिधि, स्थानीय सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी, नागरिक समाज, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताहरुलाई अनुरोध गरेको उनले बताए । त्यसबाट प्राप्त नतिजालाई क्रमश जानकारी गराउदै लगिने उनको भनाई छ ।

प्रकाशित: १४ वैशाख २०७७ ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App